- कामको अनुगमनका लागि गृह जिल्ला
कैलासबावु श्रेष्ठ/ गोरखा
भाद्र २० गते । नेपाल सरकारका शहरी राज्य मन्त्रि छम बहादुर तमुले निर्वाचन आचार संहितका कारण तत्कालै नयाँ कार्यक्रम ल्याउन नसकीने भएता पनि भैरहेका कामलाई गति दिनु पर्नेमा जोड दिए ।
राज्य मन्त्रि भए पछि पहिलो पटक गृह जिल्ला गोरखा आएका मन्त्रि तमुले पत्रकारहरु संगको भेटमा सरकार निर्वाचन घोषणा लगत्तै राज्यको सबै शक्ति २ नम्बर प्रदेशमा केन्द्रित भएको भन्दै पहिले देखी घोषित कार्यक्रमलाई तदारुकता साथ काम गनुपर्ने बताए । ‘निर्वाचन आचार संहिता लागे संगै नयाँ कार्यक्रम गर्न र योजना बनाउन पाएका छैनौ । नयाँ काम हुन नसके पनि भैरहेको कामलाई द्रुत गतीमा काम सक्नु पर्ने छ’ मन्त्रि तमुले भने ।

मन्त्रि तमुले गृह जिल्ला आउदाँ आफु मातहातका मन्त्रालयको काम कस्तो भै रहेको छ त्यो पनि अनुगमन गर्ने बताए । जिल्लामा रहेको २ नगरपालिका आफै सक्षम नभएको भन्दै त्यसका लागि मन्त्रालय मार्फत के गर्न सकिन्छ त्यो सहयोग गर्न आफु तयार रहेको समेत मन्त्रि तमुले बताए ।
पत्रकारहरुको फरक प्रसंगको प्रश्नमा राज्य मन्त्रि छम बहादुर तमुले हालै जिल्लाको क्षेत्र निर्धारण ब्यक्तिगत रुपमा आफुलाई चित्त नबुझेको बताए । ‘क्षेत्र निर्धारण आयोगले कसरी काम गरयो पत्तो भएन । यो मलाई पनि पटकै मन परेको छैन’ मन्त्रि तमुले भने । जन संख्या र भूगोलको आधारलाई मान्दा समस्या भएको हुन सक्ने भन्दै सबै तिरबाट गुनासो आएको भन्दै आफुहरु छलफलमा रहेको समेत बताए ।

राज्य मन्त्रि तमुलाई मंगलबार बिहानै आदीबासी जनजाती महासंघ गोरखा शाखाले एक कार्यक्रम बिच स्वागत समेत गरेको थियो ।


