कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २० गते । जिल्ला सदरमुकाम क्षेत्रमा लागुऔषध जन्य गाजाँको खेती बढेको भन्ने गुनासो आउन थाले पछि जिल्ला प्रहरी कार्यालय गोरखाले गाजाँ फडानी अभियान सञ्चालनमा ल्याएको छ ।

अभियानका क्रममा गोरखा नगरपालिका ४ को पन्तेस्वारा र पदेलथोक क्षेत्रमा रहेको गाजाका बोटहरु फडानी गरी प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । २ गाडी गाजाका बोटहरुमा भाले र पोथी दुवै थरीको गाजा भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

अभियान जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको संयुत्त टोलीले शुरु गरेको हो । यो अभियान निरञ्तर रहने सामुदायिक सेवा केन्द्रले जनाएको छ । सयुत्त रुपमा गरीएको अभियान सफल भएको भन्दै अभियानलाई जिल्लाको अन्य क्षेत्रमा लाने केन्द्रले योजना बनाएको छ ।

फडानी लगत्तै करिब १ हजार बोट जिल्ला प्रहरी कार्यालय परिषरमा राखीएको छ ।







