कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २० गते । यूवा तथा बिद्यार्थीहरुमा बढदो लागु औषध प्रयोग तथा ट्राफिक नियम उलंघनका घटने भन्दै गोरखा सदरमुकामको लक्ष्मी बजारमा रहेको यती टेक्निकल एजुकेशन एण्ड मल्टीपल कलेजका नयाँ बिद्यार्थीहरुलाई लागु औषध न्यूनिकरण तथा ट्राफिक नियम सम्वन्धी सचेतना सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहयोग र यती कलेजको आर्थिक सहयोगमा भएको उत्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक प्रकाश अधिकारीले केही बर्ष यता यूवा पुस्तामा लागु औषध र ट्राफिक नियम उलंघन गर्ने क्रम तिब्र भएकोमा चिन्ता गर्दै यती पुस्ताले समाज र देश बनाउने भएका कारण सुधारका लागि सचेतना कार्यक्रम ब्यापक रुपमा सञ्चालन गनुपर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखामा प्रहरी नायव निरिक्षक द्वय मोहन कुमार खड्का र भोज बहादुर थापाले प्रशिक्षण गराएका थिए ।

कार्यक्रम संयोजक खिल बहादुृर रानाको संयोजकत्वमा भएको कार्यक्रममा सेवा केन्द्रका रामहरी केसी, बावुराम श्रेष्ठ र कलेजका प्रिन्सीपल डा.सुनिल न्यौपाने आ–आफ्नो धारणा राखेका थिए ।




