कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १८ गते । शसत्र बेस क्याम्प आहालेको सहयोगमा रानिश्वारा टोल बिकास संस्था भित्र रहेको क्षेत्र आहाले बजारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नजिकीदै गरेको हिन्दु नेपालीहरुको महान चाढलाई लक्षित गरी टोल बिकास संस्थाले आयोजना गरेको सरसफाई कार्यक्रममा शसत्रका जवानहरुले सहयोग गरेर आहाले बजारक्षेत्र सरसफाई गरेको सन्दिप खत्रीले बताए ।

सरसफाईमा स्थानिय र शसत्र प्रहरीको ठुलै समूह परिचालन भएको थियो ।



तस्बिर सौजन्य सन्दिप खत्री


