कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १८ गते । गोरखालाई साक्षर जिल्ला घोषणा लगत्तै जिल्ला भित्र रहेका साक्षर र पढ्दा पढ्दै विद्यालय छोडेकाहरुलाई कम्तिमा एसइइ सम्मको शिक्षा दिने गरी जिल्लामा थप ५ वटा अनौपचारीक प्रौढ विद्यालय संचालनमा ल्याईएको छ ।
अनौपचारिक शिक्षा केन्द्र अन्तर्गतको यो कार्यक्रम सामुदायिक अध्ययन केन्द्र मार्फत कार्यान्वयन गरिएको उप जिल्ला शिक्षा अधिकारी ठाकुर जि तिवारीले बताए । १५ देखि ४५ वर्ष उमेर समुहका निरक्षर ब्यक्तिलाई ६ वर्षमा १० कक्षा पास गराउने अनौपचारिक विद्यालय संचालन गरिएको हो । हाल पाँच विद्यालयमा सो उमेर समुहका ८९ विद्यार्थी अध्ययन गरिरहेको जिल्ला शिक्षा कार्यालयको रेकर्डमा छ । थप ७५ विद्यार्थीलाई अनौपचारीक प्रौढ कक्षामा सहभागी गराएर अध्ययन गराई रहेको कार्यालयले जनाकारी दिएको छ ।
यस वर्ष मान्वु सामुदिक सेवा केन्द्र मान्वु, जनचेतना सामुदायीक सेवा केन्द्र फुजेल, वगुवा सामुदायीक सेवा केन्द्र वगुवा, ताकुकोट सामुदायीक सेवा केन्द्र ताकुकोट र जनजागृति सामुदायीक सेवा केन्द्र मिरकोटमा अनौपचारिक प्रौढ विद्यालय सञ्चालन गरिएको छ । अनौपचारीक प्रौढ कक्षा अध्ययन गरेका विद्यार्थीले १ देखि ५ सम्म ३ वर्षमा ,६ देखी ८ कक्षा सम्म २ वर्षमा र ९–१० एक बर्षमा पास गर्नेछन् । अनौपचारीक तवरले पढ्न चाहनेहरुलाई लक्षित गरेर कक्षा संचालन गरिएको उप जिल्ला शिक्षा अधिकारी तिवारीको भनाइ छ ।
अनौपचारीक प्रौढ विद्यालय संचालन
अनौपचारीक प्रौढ विद्यालय संचालन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


