- आईबार सार्वजनिक बिदा
दिपक श्रेष्ठ/गोरखा
भाद्र १७ गते । मुस्लीम समुदायको महान पर्वबाटो अबरुद्ध हुदा पैदल हिडेर उनिहरु पर्व मनाउन घर पुग्न बाध्य भएका छन् । त्यस्तै भुकम्पका कारण अस्थायी टहरामुनी बस्दै आएका मुस्लीम समुदायहरुले कसरी पर्व मनाउने भन्ने चिन्ता रहेको रजा मस्जीत व्यवस्थापन समितिका अध्यक्ष बर्गतुल्ला मियाँको भनाई छ । घामपानी समेत राम्रो समेत नथेग्ने अस्थायी टहरमा यसबर्ष पनि कष्टकर गरी पर्व मनाउनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

मुस्लीम समुदायको ठुलो पर्वको रुपमा मानिने बकर इद सनिबार देखी ३ दिन सम्म मनाइने गरिन्छ । पर्वका अबसरमा मुस्लीम समुदायका मानिसहरु भोली बिहान सवेरै उठेर नुवाइधुवाई गरी नयाँ नयाँ कपडा लगाउने र नजिकैको इदगहाममा गई दुईकराप इदको सामुहिक नवाज पढ्ने गर्दछन् । त्यस्तै पर्वका अबसर उनिहरुले आफ्न्त कहाँ पुग्ने र एकअर्कालाई अंकमाल गर्ने, नजिकको कविलस्थानमा गई मृतआत्माको पुन्य प्राप्तीका लागि प्राथना गर्ने गर्दछन् ।

बकर इदमा मुस्लीम समुदायले अल्लाहको खुशीका लागि प्राथना गर्ने तथा रागाँ, बोका, खशी लगायतको बलिदिई उक्त बलिदिएको मासु ३ भाग लगाउने र एक भाग गरिवलाई, एकभाग आफु राख्ने तथा १ भाग इष्टमित्रलाई बाड्ने प्रचलन रहेको अध्यक्ष मियाँले जानकारी दिनुभयो । बकर ईदको अबशरमा नेपाल सरकारले आईबार सार्वजनिक बिदा समेत दिएको छ ।



