कैलासबावु श्रेष्ठ/ गोरखा
भाद्र १६ गते । गोरखा सदरमुकाममा निजी स्कुलहरुको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेप्लीज एडभान्स आरुघाट प्रथम भएको छ ।
निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन (प्याब्सन)को आयोजनामा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सेन्ट मेरीज १० किलो दोस्रो भएको छ भने ठाटी पोखरीको बालज्योती बोर्डिङ्ग स्कुल तेस्रो भएको छ ।

प्रतियोगितामा प्रर्थम हुने नेप्लीज एडभान्सलाई नगद ३ हजार र प्रमाणपत्र, दोस्रो हुने सेन्टमेरीज स्कुललाई २ हजार १ सय र प्रमाणपत्र र तेस्रो हुने बालज्योति स्कुल ठाटीपोखरीलाई १ हजार ५सय नगद सहित प्रमाण पत्र प्रदान गरीएको प्याब्सनले जानकारी दिएको छ ।

प्रतियोगितामा मोर्डन सेकेण्डरी बोर्डिङ कालिमाटी, सेन्ट मेरीज १० कुन्दुरटार, ओल्ड क्यापिटल रानिबन, नेप्लीज एडभान्स आरुघाट, जिनियस बोडिैङ नयाँ बजार, मनकामना बोर्डिङ्ग सतिपिपल, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार, बालज्योति ठाटीपोखरी र यूनाईटेड ईग्लीस बोर्डिक स्कुल ठाटी पोखरी गरी जिल्ला भरका ९ निजी स्कुलहरुको सहभागीता हरेको थियो ।
बिजेता सबै समूहलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पुरस्कार बितरण गरेका थिए ।



