- एक गाडी सामान रौतहट उद्योग बाणिज्य संघलाई हस्तान्तरण
कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १६ गते । केही साता अगाडी तराईमा आएको बाढी पिडीतलाई गोरखामा रहेको महिला उद्यम बिकास समिति र गोरखा उद्योग बाणिज्य संघले आर्थिक तथा खाद्यान्न तथा लत्ताकपडा सहयोग उपलब्ध गराएको छ ।
दुवै समितिका पदाधिकारीहरुले शुक्रबार जिल्ला प्रशासन कायालय गोरखामा समितिका अध्यक्षहरुले प्रधानमन्त्रि दैवि प्रकोप उद्वार कोषमा जम्मा गरको ५० हजारको भौचर प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका थिए ।
महिला उद्यम बिकास समितिका अध्यक्ष बिण्णु मास्के र गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले एक्ला एक्लै २५÷२५ हजार रुपैयाँ कोषमा जम्मा गरेको संघको सचिवालयले जानकारी दिएको छ ।
संघले गएको हप्ता मात्रै बाढी पिडीतका लागि गोरखा बजार क्षेत्रबाट उठाएको राहत सामाग्री समेत रौतहट उद्योग बाणिज्य संघलाई हस्तान्रण गरेको छ । संघले बुझाएको राहत सामाग्रीहरुमा कम्बल, चाउचाउ, बिस्कुट, मेट्रेस, जुत्ता चप्पल, झुल, डसना, त्रिपालका साथै गुन्द्र, सेनेटरी प्याड र लगाउने कपडा दिएको संघका अध्यक्ष जोशीले जानकारी दिएँ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बस्नेतले गोरखामा बिनाशकारी भूकम्प आउदाँ तराईबाट आएको सहयोगको गुन तिरेको भन्दै दुवै समितिका पदाधिकारीहरुमा आभार ब्यत्त गरेका थिए । बस्नेतले गोरखा जिल्लाबाट बाढी पिडीतका लागि कति नगर कती जिन्सी सहयोग भयो सो बिषयमा रेकर्ड संकलन गर्ने काम भै रहेको समेत जानकारी दिए ।


