- बसपार्कमा डसबिन राखीयो
कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १६ गते । जिल्ला प्रहरी कार्यालय गोरखामा हालै सरुवा भई आएका दुई प्रहरी प्रमुखलाई एक कार्यक्रम बिच स्वागत गरीएको छ ।
सामुदायिक सेवा केन्द्र गोरखाले आयोजना गरेको स्वागत कार्यक्रममा प्रहरी उपरिक्षक (एसपी) प्रकाश अधिकारी र प्रहरी नायब उपरिक्षक भेषराज रिजाल (डिएसपी) लाई पुष्प गुच्छा र खादा लगाएर स्वागत गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक अधिकारीले सामुदायिक सेवा केन्द्रलाई सुदृण गर्नका लागि कार्यालय र ब्यत्तीगत तर्फबाट जुन कुनै पनि सहयोग गर्न आफुहरु तयार रहेको बताए ।

दुवै प्रहरी प्रमुखलाई केन्द्रका उपाध्यक्ष सुशिलबावु श्रेष्ठले स्वागत गरेका यिए । शुक्रबार दिउसो केन्द्रको कालिमाटी बजारमा रहेको कार्यालयको कार्यक्रम लगत्तै प्रहरी उपरिक्षक र प्रहरी नायब उपरिक्षकको हातबाट सेवा केन्द्रले बसपार्कमा फोहर राख्ने डबविन बसपार्क टोल बिकास समितीलाई हस्तान्तरण गरेको थियो ।




