×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नैतिक जिम्मेवारी लिनु पर्छ : गुरुङ

  •  
  • बिहिबार, भदौ १५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राजेश्वर ढकाल/कतार

    गोरखा जिल्लाको सिरान्चोक गाउ पालिका वार्ड नं ८, जौबारीमा जन्मनु भई हाल चितवनमा बसोवास गर्नु भएका बुधबल गुरुङ सन् २००३ मा कतार प्रवेश गर्नु भएको हो । स्नातक सम्मको अध्ययन पुरा गरी नेपालमा शिक्षण पेशा र बैकिङ्ग क्षेत्रको समेत अनुभव संगालेका गुरुङ कतारमा संस्थागत नितिनियम र कतारका नेपाली समाजमा स्पष्ट वक्ताको रुपमा परिचित हुनुहुन्छ । तमू समाज कतार र गोरखा सेवा समाज कतारका संस्थापक तथा हाल दुबै संस्थाका संरक्षक गुरुङले २०१५–२०१७ कार्यकालमा लेखा संयोजकको भूमिका पनि निर्वाह गरिसक्नु भएको छ । उहां अहिले एनआरएनए एनसीसी कतारको २०१७–२०१९ कार्यकालको लागि महासचिव पदका उम्मेदवार हुनुहुन्छ । प्रस्तुत छ , एनआरएनए एनसीसी कतारको यसै चुनावी गतिविधीको सेरोफेरोमा रहेर राजेश्वर ढकालले गरेका छोटो कुराकनीहरु ।

    एनआरएनए एनसीसी कतारको महासचिव पदमा उम्मेदवार दिनुको कारण ? 

    एनआरएनए विश्वभर छरीएर रहेका गैर आवासिय नेपालीहरुको साझा संस्था हो । धेरै देशहरुमा यो संस्थाको एनसीसीहरु स्थापना भई सकेको छ । कतारमा पनि सन् २००३ मा यो संस्था स्थापना भएको हो । सबैको साझा संस्था भन्दै गर्दा कतारमा यो संस्था साझा संस्थाको रुपमा संस्थागत हुन सकेको छैन । यसका विभिन्न कारणहरु छन् । हाल एनसीसी कतारको २०१७ – २०१९ कार्यकालको यस चुनावी माहोलमा कसैलाईलाई दोष नदिऔं । यसको नैतिक जिम्मेवारी यस नेपाली समाजले लिनु पर्छ । हामीले नै त्यसको दोष र गुणहरु केलाउनु पर्छ । संस्थालाई संस्थागत हिसाबले अगाडि बढाउन र संस्थालाई संस्थागत मूल्य र मान्यताले चल्न दिनु पर्छ भन्ने मेरो मान्यता हो । एनसीसी कतारको हकमा नितिगत र प्रक्रियागत कुराहरुमा पक्ष विपक्षको कुरा सधै हुने गर्दछ । आर्थिक पारदर्शिताको कुराहरु पनि छन् । श्रमिकका कुराहरु पनि छन् । धेरै समस्याहरु छन् । कतारमा नितिगत कुराहरुको लागि विद्धान अग्रजहरु धेरै छन तर ती नितीगत कुराहरुको व्याख्या आआफ्नो पक्षमा पार्ने हिसाबले गरिदिन्छन्, त्यो सबै भन्दा ठुलो कमजोरी कतारमा छ । यसलाई सुधार गर्नु पर्दछ भन्ने मेरो उद्धेश्य हो । आर्थिक पारदर्शितामा आर्थिक नियमावली जस्ता निर्देशिका बनाउने, श्रमिक भलाई खर्चका लागि मनलाग्दो तरिकाले खर्च गरेका छन्, यसलाई मापदण्ड बनाई खर्च गर्ने जस्ता नितिगत सुधारहरु गर्नु पर्दछ भन्ने लागेर नै यसको लागि मैले महासचिव पदमा उम्मेदवार दिएको हो । जहां सम्म लाग्छ, संस्थालाई संस्थागत सुधार गर्नु पर्दछ भन्ने साथीहरुले सहयोग गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।

    कतारका नेपाली समाजका अगुवाहरुले तपाई बलियो प्रतिष्पर्धी हो भन्छन, कत्तिको आशावादी हुनुहुन्छ जितको ?

    मुल्यांकन गर्ने काम समाजका साथीहरुको नै हो । कतारका नेपाली समाजका अगुवाहरुले सकरात्मक मुल्यांकन गर्नु भएकोमा उहाहरुलाई धन्यवाद दिन चाहन्छु । संस्थाको विधी अनुसार खुल्ला रुपमा सबैले प्रतिष्पर्धा गर्न पाउनु पर्छ भन्ने मान्यता राखेका साथीहरुको साथ छ । विगतको चुनावी अनुभवहरु अलग रहे । एउदै पदमा आकांक्षा राखेका अशोक भाईको समर्थन पछि म मेरो जित प्रति आशावादी छु । म अशोक भाईलाई धन्यवाद दिन चाहन्छु । नेपाली समाजका अगुवाहरुको पनि सल्लाहहरु, सहयोगहरु पाईरहेको छु । उहांहरु सबैको सहयोगले नै मेरो जित सुनिश्चित भईरहेको छ ।

    आफुले प्रतिवद्धता चुनाव जित्ने बहाना मात्र हो की कार्यन्वयन पनि हुन्छ ?

    राम्रो प्रश्न सोध्नु भयो । चुनावी प्रतिष्पर्धामा जादा प्रतिवद्धता भनेको आफ्नो अवधारणा हो । आफुले गर्न सक्ने कामको मात्र अवधारणा ल्याउनु पर्दछ । म कार्यन्वयनमा बढी जोड गर्ने ब्यक्ति हुं । म २०१५–२०१७ कार्यकालमा लेखा समितिको संयोजक भएर लेखा परिक्षण पश्चात औंल्याएका नितिगत सुधारहरु केही कार्यन्वयन पनि भए । जस्तै, लेखा समिति र अनुशासन समिति महाधिवेशनबाट नै निर्वाचित हुनु पर्ने व्यवस्थाहरु अहिले विधान संसोधन पश्चात निर्वाचित हुदैछन् ।

    चुनावी मैदानमा उत्रे पछि जित हार त स्वाभाविक कुरो हो । जीतमा मात्र प्रतिवद्धता कार्यन्वयन गर्ने की हारमा पनि यस प्रतिवद्धताको लागि घचघचाउनु हुन्छ त ?

    मैले कार्यन्वयन नै गर्न नसक्ने प्रतिवद्धता जारी गरेको छैन । कार्यन्वयन गर्न ईच्छा शक्तिमा र कार्यशैली भर पर्दछ । मेरो जीतमा मेरो प्रतिवद्धता मैले कार्यन्वयन गर्न जति सहज हुन्छ, दोश्रोलाई असहज होला किनकी उसले आफ्नो प्रतिवद्धता पनि कार्यन्वयन गर्नु पर्दछ । यसो भन्दै गर्दा जो कसैले पनि राम्रा योजनाहरु छन् भने समेट्नु पर्दछ र यसको लागि सबै अग्रजहरु संग समन्वय गरि सल्लाह सुझाव लिदै काम गर्नु पर्दछ भन्ने मेरो मान्यता हो । मेरो तर्फबाट सकरात्मक भुमिका रहनेछ ।

    यति लामो सामाजिक अनुभवको आधारमा कतारको नेपाली समाजको राम्रो पक्ष र सुधार गर्नु पर्ने कुरो के हो जस्तो लाग्छ ?

    मेरो सामाजिक र व्यवसायिक अनुभव मेरो आफ्नै जन्म स्थानबाट शुरु भएको हो । त्यसलाई कतारको नेपाली समाजले अझ अनुभवी बनायो । समाजमा राम्रा नराम्रा दुबै पक्ष हुन्छ,। समग्रमा कतारको नेपाली समाजमा ब्यक्तिगत भनौ वा संस्थागत भनौं एकले अर्कोलाई सधैं सहयोगीको भावनाले एकले अर्कोलाई सम्मान गदै आईरहेको छ, यो राम्रो पक्ष हो । त्यसका साथै ब्यक्तिगत ईष्र्याको कारणले संस्थागत सुधारका कुराहरुमा भने एक भएर जानु पर्दछ । संस्थागत कुराहरुमा सबैको सोचहरु सकरात्मक हुनुपर्छ ।

    अन्तमा के भन्न चाहनुहुन्छ ?

    एनआरएनए एनसीसी कतारको २०१७–२०१९ कार्यकालको नया कार्य समिति चयनको प्रक्रियामा छौं । धेरै साथीहरु आकांक्षी छन् । सबै आकांक्षी साथीहरुलाई शुभकामना दिन चाहन्छु । एनआरएनए एनसीसी कतारको पंञ्जिकृत सदस्यहरुले पनि सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । साथ साथै सम्पूर्ण पंञ्जिकृत सदस्यहरुलाई मेरो प्रतिवद्धताहरु कर्यन्वयन गर्न र संस्थागत सुधारको लागि आफ्नो अमूल्य मत दिई विजयी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.