कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १४ गते । मंगलबार गोरखाको गण्डकी गाउँ पालिका ४ मा रहेको बहरेपानी क्षेत्रमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ ।
घरको दक्षिण भागमा रहेको बाख्राको खोरमा बाख्रालाई घाँस हाल्न जादाँ अचानक परेको चट्याङले ५२ बर्षिया सान्नानी भट्टको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक भेषराज रिजाले बताए ।
मंगलबार साँझ ६ः३० बजे भएको उत्त घटनाको प्रहरीलाई बुधबार बिहान मात्र जानकारी प्राप्त भएको थियो । बिहानै घटना स्थलमा प्रहरी पुगि सकेको र प्रारम्भीक अनुसन्धान कार्य जारी रहेको प्रनाउ रिजालले बताए ।
चट्याङ लाग्दा महिलाको मृत्यु
चट्याङ लाग्दा महिलाको मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


