कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १४ गते । ५ वर्ष अगाडि औपचारिक रुपमा आफ्नो सेवा सञ्चालन गरेको मानवसेवा आश्रमले देशै भरी बार्षिक उत्सव मनाउने क्रममा गोरखा शाखाले पनि एक कार्यक्रम गरी बार्षिक उत्सव मनाएको छ ।

संस्थाको गोरखा नगरपालिका ६ को तिनधारे स्थित आश्रममा दिप प्रज्वलन गरेर बार्षिक उत्सव मनाईएको जिल्ला संयोजक र्सिजना ओलीले बताईन । मंगलबार साँझ दिप प्रज्वलन गरी मनाईएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उप मेयर बिना कुमारी श्रेष्ठका साथै सहयोगी, शुभेच्छुक र अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई धिरज बहादुर मास्केज्यूले स्वागत गर्नुभएको थियो ।

नेपालमा मानव रहित सडकको परिकल्पना गरी २०६९ साल भाद्र १३ गते आश्रमको स्थापना भएको थियो । आश्रमको केन्द्रिय कार्यालय भने हेटौडामा रहेको छ । गोरखा शाखामा रहेको आश्रमले भने देश भरीका बालबालिकालाई राख्ने अध्ययन गराउने गर्दछ ।
तस्बिर सौजन्य र्सिजना ओली


