नरेन्द्र ढकाल/गोरखा
भाद्र १४ गते । उत्तरी गोरखाको काशीगाउँ दुई महिलाको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेको लामो समय सम्म बच्चा जन्माउन नसकेका धार्चे गाउँपालिका ६ की २२ वर्षिय चेतमाया गुरुङ र ३५ वर्षिय माईली गुरुङको हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगिएको हो । काठमाण्डौ लगिएको मध्ये माईली गुरुङले मंगलबार साँझ छोरी जन्माएकी छिन् । सोमबार बाट सुत्केरी व्यथा लागेपछि उनलाई काशीगाउँ स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छेकम्पारका दाबा ग्याजेन लामाले बताए । ‘गाउँको स्वास्थ्य चौकीमा बच्चा जन्माउन सकेन,मलाई काठमाण्डौमा खबर आयो, अनि हेलिकप्टर खोजेर काठमाण्डौ ल्याएका छौ’ उनले भने ।
समान्य अवस्थामा बच्चा जन्माउन नसकेपछि हेलिकप्टर मगाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नबराज खड्काले बताए । क्षेत्रीय स्वास्थ्य कार्यालयमा समन्वय गरेर हेलिकप्टर मगाएपछि दुबै सुत्केरीको एकै पटक सिम्रिक ऐयरको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । ‘पहिले एउटा बिरामीको कुरा थियो, पछि त्यहीँ एक जना अत्याधिक रक्तश्राप भएर सिरियस हुनुहदो रहेछ अनि दुबै जनालाई काठमाण्डौ पठाईएको हो ’ खड्काले भने ।
उनीहरु दुबैको प्रसुति गृह थापाथलीमा उपचार भइरहेकोमा शल्यक्रिया पछि माईलीले छोरी जन्माएकी छिन भने चेतमायाको शल्यक्रिया भईरहेको र दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ‘एक जनाले छोरी पाउनु भएको छ, अर्कोको अपरेसन भाको छैन’ लामाले भने । राती अबेर सम्म चेतमायाको अपरेसन नभएको अस्पताललाई उदृत गर्दै लामाले बताए । आर्थिक रुपमा विपन्न उत्तरी गोरखाका नागरिकमा सुत्केरी गराउन हेलिक्पटर चार्टर गर्न बाध्य छन् । सरकारले सुत्केरी गराउन नसकेका वा गराईसके पछि ज्यान जोखिममा रहेकाहरुलाई हेलिकप्टर चार्टर गरेको रकम सोतभर्ना गर्ने व्यवस्था मिलाएको छ । बिरामीका आफन्तले पहिले आफैले हेलिकप्टर खोजेर उपचार गराउने र पछि आवश्यक प्रक्रिया पुरा गरी जिल्ला जनस्वास्थ्य कार्यालयमा निवेदन पेश गरेपछि क्षेत्रिय स्वास्थ्य निर्देशनालय मार्फत रकम उपलब्ध गराईने जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी समेत खड्काले बताए । सोही अनुरुप लामाले पनि हेलिकप्टर कम्पनीमा धरौटी राखेर हेलिकप्टर उपलब्ध गराएका हुन् ।
बच्चा जन्माउन नसकेका दुइ महिलाको उद्धार
बच्चा जन्माउन नसकेका दुइ महिलाको उद्धार
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


