सस्मिता पन्त/गोरखा
भाद्र १३ गते । महिला तथा बालबालिका कार्यालयले संचालन गरेको तालिमबाट जिल्लाका धेरै महिलाहरु आत्मनिर्भर बन्दै गइरहेका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा कुल ६५ जनाले विभिन्न किसिमका क्षमता अभिबृद्धि तथा सिपमुलक तालिम लिएको कार्यालयले जानकारी दिएको छ । ‘हामिले साबिकको विभिन्न वडाहरुमा कार्यक्रम संचालन गर्छौ, हाम्रो मुख्य उद्धेश्य भनेको महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउनु नै हो’ कार्यालयकी सारदा ढकालले भनिन् । महिलाहरुको आयआर्जनको लागी नै विनियोजित रकमको धेरै हिस्सा खर्चिने गरेको पाइन्छ । जसअन्तर्गत संस्थागत बिकास, व्यक्तित्व बिकास, गरिवि विरुद्ध महिला अभियान लगायतका शिर्षकमा कार्यक्रम संचालन गरिरहेको उनले बताइन् ।
महिला तथा किशोरीहरुको क्षमताअभिबृद्धि गर्नको लागी अन्तर जिल्ला र अन्तर समूह भ्रमण पनि गराउने गरेको कार्यालयले जनाएको छ । यो वर्ष ३० जना महिला र ३० जना किशोरीहरु गरेर कुल ६० जनाले भ्रमण गरेको कार्यालयले जनाएको छ । ‘भ्रमण गरेर उनिहरुले अरु जिल्लामा भएका महिला सम्बन्धि गतिबिधिको बारेमा जानकारी पाँउछन् र अवलोकन बाट सिकेको कुराहरु आफ्नो ठाँउमा पनि लागु गर्न सक्छन नि’ ढकालले भनिन् ।
त्यस्तै कार्यालयले विद्यालय जानै नपाएका र बिचैमा पढाई छोड्नु परेका किशोरीहरुको लागी पनि विभिन्न बहु आयामिक तालिमहरु संचालन र पढ्न इच्छुकहरुलाई शैक्षिक सामग्री खरिदका लागी २ हजार रुपैया अनुदान दिएको उनले बताइन् ।
त्यस्तै साझा व्यवसाय संचालन गर्नको निमित्त जिल्लाको तिन सहकारी संस्थालाई अनुदान दिइएको कार्यालयले जनाएको छ । भिमसेन गाँउपालिका वडा नं १ मसेलको विन्द्रावति महिला बचत तथा ऋण सहकारी संस्थालाई आलु खेतिगर्न, अजिरकोट गाँउपालिका ३ हंसपुरको सृष्टि महिला बचत तथा ऋण सहकारी संस्थालाई अलैचि खेतिगर्न र गो.न.पा १३ देउरालीको महाकाली महिला बचत तथा ऋण सहकारी संस्थालाई तरकारी खेतिको लागी क्रमशःपहिलो, दोश्रो र तेश्रो त्रैमासिकमा अनुदान वितरण गरिएको उनले बताइन् ।
यस वर्ष जिल्लामा महिला लक्षित कार्यक्रमको लागीकुल १ करोड १६ लाख ५८ हजार रुपैया रकम विनियोजन भएको कार्यालयले जनाएको छ । जसबाट विभिन्न शिर्षकमा कुल ६५ वटा आय मुलक तालिम संचालन भएका छन् । रोजगारीको लागी संचालन गरिने कार्यक्रमको लागी विशेष गरी लक्षित, पिछडिएका, दलितमहिलाहरुलाई विशेष ध्यानमा राखेर कार्यक्रम संचालनगरिने कार्यालयले जनाएको छ ।
सिपमुलक तालिम पाए पछि आत्मनिर्भर बन्दै महिला
सिपमुलक तालिम पाए पछि आत्मनिर्भर बन्दै महिला
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


