- सबैभन्दा बढि गोरखा नगरपालिका र कम चुननुब्री गाँउपालिकामा
मोहसिन अलि मियाँ/गोरखा
भाद्र १३ गते । गोरखामा यस बर्ष मतदाताको संख्या बढेको छ । अघिल्लो बर्षको अन्त्यसम्म १ लाख ७० हजार रहेको जिल्लाको मतदाता संख्या हाल झण्ठै २० हजारले बढेर १ लाख ९० हजार पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । ‘स्थानीय तहको निर्वाचन पछि जिल्लामा झण्डै २० हजार मतदाता बढेका छन्’ कार्यालयका नायव सुब्बा कमलापति अधिकारीले भने ।
अघिल्लो बर्षको अन्त्यसम्म ८७ हजार ४ सय २४ महिला र ८१ हजार ६ सय २१ पुरुष र १ जा तेस्रो लिंगी गरी १ लाख ६९ हजार ४६ जना मतदाता रहेको थियो । तर पछिल्लो समय निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन एवम अद्यावधिक कार्यक्रमबाट जिल्लामा झण्डै २० हजारको हाराहारीमा मतदाता थपिएका हुन् । जसमध्ये ८ हजार ६ सय ३ जना महिला छन् भने ९ हजार ५ सय ७ पुरुष रहेका कार्यालयले जनाएको छ । जिल्लाको सबै स्थानीय तहमा सञ्चालन गरिएको मतदाता नामावली संकलन कार्यक्रमबाट प्राप्त भएका रेकर्ड हाल कार्यालयमा रुजु गर्ने काम भैरहेकोले केही मतदाताको संख्या अझै बढ्न सक्ने कार्यालयका अधिकारीले बताएका छन् ।
पछिल्लो समय साउन १ गते देखि भाद्र ३ गतेसम्म कार्यालयले जिल्लाका स्थानीय तहमा संचालन गरेको मतदाता नामावली संकलन गरेको थियो । जसअन्तरगत सबैभन्दा बढि जिल्ला निर्वाचन कार्यालयमा ५ हजार २ सय ५३ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् । जसमध्धे २ हजार ५ सय ७३ महिला छन् भने २ हजार ६ सय ८० पुरुष रहेका छन् । कार्यालयमा ना दर्ता गराउने मध्ये धेरै जसो गोरखा नगरपालिका क्षेत्रका मतदाता रहेको कार्यालयको तथ्यांकमा छ । त्यस्तै सबैभन्दा कम नाम दर्ता भएको चुनुब्री गाँउपालिकामा ३ सय ६५ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये २ सय महिला र १ सय ६५ पुरुष रहेका छन् ।
त्यस्तै पालुंटार नगरपालिकामा १ हजार ९५ महिला र १ हजार १ सय ३२ गरी २ हजार २ सय २७ जनाले मतदातामा नाम दर्ता गराएका छन् । अजिरकोट गाउँपालिकामा नाम दर्ता गराउने ७ सय ३५ मध्ये २ सय ९२ महिला र ४ सय ४३ पुरुष रहेका छन् । त्यस्तै आरुघाट गाँउपालिकामा ६ सय महिला र ७ सय २५ पुरुष गरि १ हजार ३ सय २५ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
सिराञ्चोक गाँउपालिकामा १ हजार ६ सय ७१ जनाले नाम दर्ता गाएका छन् । जसमध्ये ८ सय १२ महिला र ८ सय ५९ पुरुष छन् । त्यस्तै शहिद लखन गाँउपालिकामा ८ सय ४७ महिला र ८ सय ३९ पुरुष गरि १ हजार ६ सय ८६ जनाले नाम दर्ता गराएका कार्यालयका अधिकारीको भनाई छ ।
१ हजार ४ सय ९८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको भिमसेन गाँउपालिकामा ६ सय ६७ महिला छन् भने ८ सय ३१ पुरुष रहेका छन् । त्यस्तै गण्डकी गाँउपालिकामा ६ सय ५५ महिला र ६ सय ७० पुरुष गरि जम्मा १ हजार ३ सय २५ नाम दर्ता गराए भने सुलिकोट गाँउपालिकामा १ हजार ३ सय ७६ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराए । जसमध्ये ६ सय ९ जना महिला छन् भने ७ सय ६९ पुरुष छन् ।
जिल्लाको सम्पूर्ण स्थानीय तहका केन्द्रहरु मै गएर संकलन भएको कार्यक्रममा धार्चे गाँउपालिकामा २ सय ५३ महिला र ३ सय ९६ पुरुष गरि जम्मा ६ सय ४९ जनाले नाम दर्ता गराएका कार्यालयले जनाएको छ । जिल्लाभर संकलन भएको नामावलीलाई हाल कार्यालयले रुजु गर्ने काम गरिरहेको छ ।


