- नगरपालिका क्षेत्रलाई बातावरण मैत्री बनाउन चुनौती पूर्ण कार्य
कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १२ गते । गोरखा नगरपालिकालाई बातावरण मैत्री बनाउने उद्वेश्यका साथ आईतबार नगरपालिकाको कार्यालय परिषरमा बृक्षा रोपण गरीएको छ । ‘हामी गोरखा नगरपालिकालाई बातावरण मैत्री नगरपालिका बनाउने प्रयास गरी रहेका छौ । फलस्वरुप पहिले आफुले काम गरेर देखाउनु पर्छ भन्ने मान्यता कारण कार्यालय परिषरमा बृक्षा रोपण गरेका हौ’ गोरखा नगरपालिका मेयर राजनराज पन्तले बताए ।
नगरपालिकाले नगर क्षेत्रलाई बातावरण मैत्री बनाउनका लागि १४ वटै वडाका अध्यक्षहरुलाई सचेतना कार्यक्रममा जोड दिन समेत मयेर पन्तले कार्यक्रममा सबैलाई आग्रह गरेका थिए ।
ठुलो क्षेत्रफलमा फैलिएको नगरपालिका क्षेत्रलाई बातावरण मैत्री बनाउन चुनौती पूर्ण कार्य भएता पनि शुरुवात गरेकोमा नगरबासीले खुशी ब्यत्त गरेका छन ।
यसै बिच गोरखा नगरपालिका क्षेत्र भित्र रहेको स्वास्थ्य संस्थालाई पनि बातावण मैत्री बनाउने भन्दै नगरपालिकाले एक कर्मचारी एक बिरुवाको अवधारणा ल्याएको छ । जस अनुरुप नगरपालिका कार्यालय आफैले उत्त स्वास्थ्य संस्थामा बिरुवा बिरतरण गरेको छ ।
गोरखा नगरपालिका भित्र ८ स्वास्थ्य संस्था पर्ने र प्रत्येक स्वास्थ्य संस्थामा ५ जना रहने ब्यवस्था भएका कारण ४० वटा विभिन्न प्रकारका बिरुवा सम्वन्धीत स्वास्थ्य संस्थामा हस्तान्तण गरी सकिएको नगरपालिकाले जानकारी दिएको छ ।


