- सरसफाईमा ध्यान नदिए माहामारी
कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १२ गते । गोरखाको वारपाकमा केही साता अगाडी फैलिएको सिजनल फ्लु नियन्त्रणमा आएको जिल्ला जन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयले सरोकारवालाहरुको बैठक राखी उत्त बिषयमा विस्तृत जानकारी दिदै अहिले नियन्त्रणमा रहेको र जनजिवन सामान्य तर्फ उन्मुख भएको जनाएको हो ।

साउन अन्तिम सातादेखि रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको बारपाक क्षेत्रमा स्वास्थयकर्मीहरुको टोली नै खटाएर उपचार गरीएको थियो । धेरै बिरामीमा एउटै प्रकारको लक्षण देखीए पछि कार्यालयले केही बिरामीहरु संग नूमना संकलन गरी राष्ट्रिय प्रयोगशालामा पठाएको थियो । प्रयोग शालाले एचवान एनवान पोजेटीभ देखीएको रिर्पोट दिएको कार्यालयले उत्त अबशरमा जानकारी गराएको थियो ।
एक साता लामो उपचारपछि बारपाकमा देखीएको प्रकोप नियन्त्रणमा आएको जौबारी स्वास्थ्य चौकीका ईन्चाज डा.बिनोद दुवाडीले कार्यक्रममा जानकारी दिएका थिए । बारपाकमा सोही समयमा ३८ महिनाकी एक बालिकाको निमोनियका कारण मृत्यु भए पछि कार्यालयले स्वास्थ्यकर्मीहरुको टोली तत्कालै परिचालन गरेको थियो ।
६ सय भन्दा बढीको उपचार गर्दा ३ शय ३७ जनामा सिजनल फ्लू देखिएको डाक्टर दुवाडीले जानकारी दिए । यस्तै सिजनल फ्लू भएका १ शय १७ जना बालबालिका मध्ये २५ जनामा निमोनिया देखीएको थियो ।
सरसफाईमा ध्यान नदिए माहामारी
सिजनल फ्लू भएको जानकारी प्राप्त हुनासाथ टोली सहित खटिएका डा.बिनोद दुवाडीले एक साता लामो समय सम्म बसेर बिरामीको उपचार गरे । जम्बो टोलीको नेतृत्व गरेका दुवाडीले सोही समयमा दैनिक जसो बारपाकमा रहेका घर घरमा जाने र स्वास्थ्य र सरसफाई सम्वन्धी जानकारी लिएका थिए ।

डा.दुवाडीको दावा छ यदी बारपाक बासीले सरसफाईमा ध्यान नदिने हो भने कुनै न कुनै बेला माहामारी फैलिन सक्ने भन्दै सरोकारवालाहरुलाई सचेतना तत्कालै सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए । अन्धविश्वास संगै सरसफाईमा ध्यान नदिएको भन्दै डा.दुवाडीले बिरामी हुना साथ धामी झाक्री कहाँ जाने परम्पराका रहेको बताए । ‘स्वास्थ्य संस्थाको पहुच नजिकै छ तर बिरामी पर्नासाथ भेडा र कुखुरा काटेर धामी झाक्री कहाँ पुग्नुछन’ भन्छन डा दुवाडी ।
घना वस्ती भएकै कारण पनि वारपाकमा सामान्य रोगले प्रकोपको रुप लिन सक्ने सम्भावना उच्च रहेको डा.दुवाडीको दावी थियो । बैठकमा गोरखा जिल्ला अस्पतालका मेसु डा.श्रीराम तिवारीले सिजनल फ्लूबाट बच्ने उपायबारेमा जानकारी गराएका थिए । बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा, स्थानिय बिकास अधिकारी नारायण आचार्यको सहभागीता रहेको थियो ।


