- अख्तियार टोलीले होटलबाट पिडीतले दिएको २५ हजार नगद सहित जफत
कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १२ गते । गोरखा जिल्लाको पालुङ्टार नगरपालिकामा कार्यरत सब–इन्जिनियरलाइ भुकम्प पिडितसँग घुस लिएको भन्दै अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । सब–ईन्जिनियर सुनिल देवकोटलाई आईतबार पोखराबाट आएको अख्तियारको टोलीले पिडीतको उजुरीको आधारमा नियन्त्रणमा लिएर पोखरा लगीएको छ ।
०७२ सालमा आएको बिनाकारी गोरखा भूकम्पले भत्किएको घरलाई निजी आवास अनुदान मार्फत घर बनाईरहेका एक पिडितसँग दोश्रो किस्ताको रकम मिलाइदिए बापत २५ हजार घुस लिएको भन्दै अख्तियार टोलीले देवकोटलाई नियन्त्रण्मा लिएको थियो । पिडीतले आफु संग पटक पटक देवकोटाले पैसा मागेको भन्दै अख्तियारमा उजुरी गरेको थियो ।
पोखराबाट आएको टोलीले पालुङ्गटार नगरपालिका ठिक अगाडी रहेको एक होटलमा पिडीतबाट देवकोटाले पैसा लिदै गर्दा नियन्त्रणमा लिएको थियो । देवकोटा पालुङ्गटार ६ का स्थायी बासिन्दा हुन ।


