×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

टहरामा कार्यालय राखेपछि गाउँ गएनन् स्थानीय तहका कर्मचारी, खान बस्न नै समस्या

  •  
  • शनिबार, भदौ १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सन्तोष अधिकारी

    भदौ १०, २०७४ गोरखा : ११ स्थानीय तह रहेको गोरखामा अहिलेसम्म दुई नगरपालिकाबाहेक अन्य स्थानीय तहमा कर्मचारीहरु खटिएका छैनन्। जिल्लामा रहेका छ वटा विषयगत कार्यालयबाट कुन स्थानीय तहमा को जाने भन्ने टुंगो लागे पनि कर्मचारी कार्यथलोमा गएर काम गर्न नसकेको स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले बताए। ‘सबै विषयत कार्यालयहरुबाट कुन गाउँपालिकाका को–को कर्मचारी जाने भन्ने टुंगो लागिसकेको छ’ आचार्यले भने ‘को कहाँ जाने भन्ने टुंगो लागेर के गर्नु ! बसेर काम गर्ने कुर्सी, टेबल राख्ने ठाउँ त हुनुपर्‍यो नि!’ पूर्वाधार निर्माण हुनेबित्तिकै सबै कर्मचारी तोकिएको ठाउँमा जाने उनले बताए ।

    जिल्लाका नौ गाउँपालिकामध्ये अहिलेसम्म अजिरकोट गाउँपालिकाकाले कार्यालय भाडामा लिएर अरुभन्दा व्यवस्थित ढंगले काम गरिरहेको आचार्य बताउँछन्।  कर्मचारीहरु आएर पनि बसेर काम गर्ने ठाउँ नभएको गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारीले बताइन्। ‘कर्मचारी आएनन् भन्दा पनि आएकाहरुले बसेर काम गर्ने ठाउँ अभाव छ’, उनले भनिन्, ‘जस्तापाताले छाएको साधारण टहरोमा कार्यालय चलाइरहेका छौँ। यहाँको लागि खटिएर आएका कर्मचारीहरुले पहिलो त कार्यालयमा बसेर काम गर्ने ठाउँ छैन।

    गाउँमा उनीहरु खाने र सुत्ने ठाउँको समेत ठेगान छैन।’ त्यस्तै हिमालपारीको गोरखाका चुमनुब्री गाउँपालिकाका कार्यकारी अधिकृतसहितका कर्मचारी त्यहाँ पुग्न सकेका छैनन्। कार्यकारी अधिकृतले काठमाडौंमै बसेर सिफारिस दिइरहेका छन्।  गाउँपालिकाको कार्यालय भाडामा लिनका लागि घर समेत नपाइएको सिराञ्चोक गाउँपालिकाका प्रमुख राजु गुरुङ बताउँछन्। ‘गाउँपालिकाको कार्यालय स्थापनाका लागि घर, कोठा, भाडामा लिन केहि पाइँदैन’ उनले भने ‘भूकम्पले धेरैका भत्केका छन्। पुनर्निर्माण भइसकेका छैनन्।

    कर्मचारी आएर बसेर सेवा दिने ठाउँ छैन।’ केही दिनअघि गण्डकी गाउँपालिकामा कर्मचारी काम गर्न गएको कार्यालय नै नभएपछि हाजिर मात्रै गरेर फर्किएको उनले बताए। अहिले विभिन्न गाउँपालिकाका कार्यालयहरु साविकका गाविसका कार्यालयमा सञ्चालन भइरहे पनि ती कार्यालय स्वतः वडा कार्यालय हुने भएकोले गाउँपालिकाहरुले नयाँ कार्यालय बनाउनु पर्नेछ।  त्यस्तै धार्चे गाउँपालिका–२  केरौँजाका वडाध्यक्ष सुकबहादुर गुरुङका अनुसार गाउँमा आएर कर्मचारीले बसेर सेवा दिने ठाउँ समेत छैन। अजिरकोट गाउँपालिका र आरुघाट गाउँपालिकामा मात्र बस्ने र खाने सुविधा देखिएको जिल्ला समन्वय समितिले जनाएको छ।
    thahakhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.