- गोरखा ३८ औ जिल्लामा
कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ९ गते । गोरखा जिल्लाको शैक्षिक तथ्यांकमा बृद्वि भए संगै शुक्रबार गोरखा जिल्लालाई पूर्ण साक्षरता जिल्ला घोषणा गरीएको छ । जिल्लामा रहेका १५ देखी ६० बर्ष उमेर समूहका ब्यक्तिहरुमा अपेक्षित शिक्षामा पहुच भएको भन्दै उप प्रधानमन्त्रि तथा शिक्षा मन्त्रि गोपाल मान श्रेष्ठले एक कार्यक्रम बिच साक्षरता जिल्ला घोषणा गरेका हुन । गोरखा जिल्ला साक्षरता घोषणा हुदा ३८ औ जिल्लामा परेको छ ।

जिल्ला शिक्षा कार्यालय गोरखाले दिएको जानकारी अनुसार जिल्लामा १५ बर्ष देखी ६० उमेर समूहको साक्षरता ९७ प्रतिशत भन्दा माथि भएको भन्दै कार्यालयले मन्त्रि श्रेष्ठको प्रमुख आतिथ्यतामा सारक्षता जिल्ला घोषणा गरेको हो ।

जिल्ला शिक्षा कार्यालय गोरखाबाट प्राप्त विवरण अनुसार अहिले सम्म १५ देखी ६० बर्ष उमेर समूहका ८४ हजार ३ सय ९४ जना महिला र ५७ हजार ३ सय २० जना पुरुष गरी १ लाख ४१ हजार ७ सय १४ जना साक्षर भएका छन । यसै बिज सोही उमेर समूहका २ हजार ९ सय ६२ जना महिला र १ हजार १ सय १७ जना पुरुष गरी कुल ४ हजार ७९ जना अझै साक्षर हुन बाँकी रहेको देखीन्छ ।

गोरखालाई साक्षरता जिल्ला घोषणा गर्न ०६५ साल देखी ०६७ साल सम्म सञ्चालित ‘राष्ट्रिय साक्षरता अभियान कार्यक्रम’ र ०६९ सालमा सञ्चालित ‘साक्षर नेपाल अभियान’ ले ठुलै सहयोग पुगेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले बताए । जिशिअ सुवेदीका अनुसार जिल्लामा ४ सय ४३ सामुदायिक बिद्यालयहरुमा ५६ हजार २ सय १७ जना र ४६ वटा संस्थागत बिद्यालयहरुमा ७ हजार ६ सय १७ जना गरी कुल ४ सय ८९ वटा बिद्यालयमा ६३ हजार ८ सय ३४ जना बिद्याथीहरुले शैक्षिक शत्र ०७४ मा अध्ययन गरी रहेका छन ।

मन्त्रि श्रेष्ठले गोरखालाई साक्षरता जिल्ला घोषणा गनुपूर्व जिल्ला शिक्षा कार्यालय परिषरमा बनेको साक्षरता स्तम्भको समेत अनाबरण गरेका थिए ।

शुक्रबार नै मन्त्रि श्रेष्ठले जिल्ला शिक्षा कार्यालयको बैठक कक्षमा जिल्ला भित्र रहेका सरकारी कार्यालयका प्रमुखहरुलाई नेपाल सरकारको निती तथा कार्यक्रम बिषयमा जानकारी दिदै ‘यो पुर्नःनिर्माणको बेला भएको र संक्रमण काल पनि भएकोले सबै सरकारी कर्मचारीहरुलाई धैर्य भएर काम गर्न’ निर्देशन दिदै ‘स्थानिय तहलाई दिएको अधिकार प्रत्यायोजन गर्न संविधान कार्यान्वयन गनु पर्ने जरुरी रहेको’ बताए ।
मन्त्रि श्रेष्ठले ‘स्थानिय तहमा कर्मचारी खटाउन केही झन्झटीलो भएको’ स्विकार गर्दै ‘शिक्षा समूह र प्रशासन समूह बिच समन्वय हुन नसक्दा यो समस्या आएकोले अब केही समय भित्रै सबै समस्या समाधान हुने’ बताए ।

कर्मचारीलाई निर्देशन दिनु पूर्व प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गोरखा जिल्लाको बस्तु स्थितीको जानकारी गराउदै जिल्लाको शान्ति सुरक्षा चुस्त रहेको बताए । प्रजिअ बस्नेतले मन्त्रि श्रेष्ठलाई सर्व साधारणहरुलाई सरकारी कार्यालयबाट दिने सेवामा सुधार गर्न मार्ग चित्र बनाई अगाडी बढेको र ग्रामिण क्षेत्रमा महिनै पिच्छे घुम्ती शिवीर राख्ने गरीएको जानकारी गराएका थिए ।

कार्यक्रममा प्रअिज बस्नेतले पुर्नःनिर्माण र बुढी गण्डकीको मुआब्जा बितरण चुनौती पूर्ण भएको समेत मन्त्रि श्रेष्ठलाई जानकारी गराएका थिए ।

जिल्लालाई साक्षरता घोषणा कार्यक्रम भने जिल्ला सदरमुकाम भित्र रहेको महेन्द्र ज्योति मावि दरर्बारमार्गमा राखीएको थियो । घोषणा कार्यक्रममा जिल्ला भित्रका शिक्षक तथा बिद्यार्थी र शिक्षा क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको ठुलै उपस्थिती रहेको थियो । 





















