कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ८ गते । खाना खाएर खेतको काममा गएका गोरखा नगरपालिका १२ रानीटारका ५० बर्षिय राम बहादुर कु
माल दरौदी नदीले बगाउदा बेपत्ता भएको छ । बिहान ११ः३० बजे रानीटार देखी मिरकोट तर्फको धानखेतमा गएका उनलाई दरौदी नदी तर्ने क्रममा बगाएको थियो ।
कुमाललाई बगाए लगत्तै स्थानियहरुले खोजी कार्य जारी राखेको भएता पनि अहिले सम्म फेला पार्न सकेको छैन ।

नदीले बगाएका कुमाललाई खोजी गर्न प्रहरीलाई स्थानियले खबर गरेको भएता पनि अहिले सम्म पनि घटना स्थलमा प्रहरी नपुगे पछी स्थानिय प्रहरी देखी रुष्ट भएको शिक्षक के.बि.राईले बताए ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाले भने कुमालको बिषयलाई लिएर कोही कसैले खबर नगरेका कारण प्रहरीले जानकारी प्राप्त नगरेको भन्दै तत्कालै उद्वारका लागि प्रहरी खटिने प्रहरी निरिक्षक रामचन्द्र शाहले बताए ।

प्रहरी अहिले घटना स्थलमा पुगी सकेको छ । बेपत्ता कुमाललको खोजीमा प्रहरी र स्थानिय दुवै लागि रहेका छन ।




तस्बिर हर्कमानराई




















