कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ६ गते । नेपाली महिलाहरुको महान चाढ हरितालिका तिज नजिकिदै गर्दा सदरमुकाममा तिज गित प्रतियोगिता गर्नेहरुको होडबाजी नै लागेको छ । यस्तै होडबाजीमा रेडियो मातृभूमीले मंगलबार सदरमुकामको कवर्ड हलमा चौथो जित गित प्रतियोगिता २०७४ सम्पन्न गरको छ ।
जिल्ला भरका विभिन्न स्थानबाट आएका १५ महिला समूहको सहभागिता रहेको प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मैनबत्ति बालेर कार्यक्रमको उदघाट्न गरेका थिए ।

प्रतियोगितामा शुभकामना महिला समूह हरमटारीले पहिलो भएर १२ हजार १ सय नगद पुरस्कार प्राप्त गरेको थियो भने चण्डी भञ्ज्याङ्ग महिला समूह ९ किलो प्रतियोगितामा दोस्रो भएर नगद ९ हजार १ सय प्राप्त गरेको रेडियोका स्टेशन म्यानेजर गुणराज रोक्काले जानकारी दिए ।

प्रतियोगितामा तेस्रो स्थान हात पारेको बाराही महिला समूह बराहले नगद ६ हजार १ सय प्राप्त गरेको थियो भने सान्त्वना हुने ३ समूह कालिका बचत तथा ऋण सहकारी संस्था लि. नयाँबजार, न्यू कालिका कृषि समूह दलभञ्ज्याङ्ग र देविटार महिला समूह गोनपा ९ किलोले ३ हजार १ सयका दरले नगद पुरस्कार प्राप्त गरेको थियो ।

प्रतियोगितामा नाच्नेहरुलाई पनि तिलहरी, पाउजु र कुर्थासलवार जस्ता उपहार हरु प्रदान गरीएको थियो ।







