कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ४ गते । यातायात ब्यवसायी समिति गोरखाको साउन ३२ गते भएको निर्वाचन परिणाम पछि असन्तुष्ट पक्षले चुनावी कार्यक्रम नियम संगत नभएको भन्दै उच्च अदालत पोखामा दर्ता गराएको निवेदन उपर आईतबार अदालतले आदेश जारी गर्दै भाद्र ११ गते सक्कल कागजात सहित उपस्थित हुन भनेको छ ।
जिल्ला प्रशासन कार्यालय सहिति निर्वाचन समिति र तात्कालीन अध्यक्ष रामहरी के.सी.सहितको पुरानो कार्य समितिलाई बिपक्षी बनाई दिएको निबेदन माथि आईतबार भएको पेशीमा उच्च अदालत पोखराले विपक्षीका नाममा उत्त आदेश जारी गरेको हो ।
अधिवत्ता कमल अर्याल र ठाकुर प्रसाद बरालको बहस पछि अदालतबाट यसमा के कसो भएको हो ? ‘निवेदकको निवेदन मागबमोजिम परमादेशको आदेश किन जारी गनु नपर्ने हो ? सो आदेश जारी हुनु नपर्ने कानून बमोजिमको कुनै आधार र कारण भए यो आदेश तामेल भएका मितिले बाटाको म्याद बाहेक १५ दिन भित्र विपक्षी नम्बर १ का हकमा उच्च सरकारी वकिल कार्यालय पोखरा मार्फत र अन्य विपक्षीको हकमा आफै वा कानून बमोजिमको प्रतिनिधी मार्फत लिखित जवाफ’ पेश गर्न अदालतबाट जारी भएको आदेशमा भनिएको छ ।
अदालतले जारी गरेको आदेशको अन्तिममा भनिएको छ ‘यसमा यातायात ब्यवसायी समिति गोरखाबाट प्रकाशित निर्वाचन कार्यक्रम सम्बन्धमा भनि प्रकाशित सूचनामा केबल समय सम्म उल्लेख भएको, तर सो कुन मितिमा हो केही उल्लेख पनि नभएको साथै अन्य कार्यक्रमहरुका हकमा केही पनि ब्यहोरा उल्लेख नगरिएको यस्तो अस्पष्ट र अपुरो अधुरो कार्यक्रम सम्वन्धी सूचनाका आधारमा भए गरिएको निर्वाचन सम्वन्धी प्रक्रियाको हकमा सो निर्वाचन संग सम्वन्धीत कागजातहरु सक्कलै हेरी बुझी अन्तरिम आदेश जारी गर्ने नगर्नेतर्फ छलफल गनुपर्ने देखिएकोले विपक्षी नं.१ बाहेकका अन्य विपक्षीहरुलाई निर्वाचन संग सम्बन्धित सम्पूर्ण कागजातको सक्कलै लिई उपस्थित हुन भनी मिति २०७४/५/११ गतेको जानकारी विपक्षीहरुलाई गराई नियमानुसार गरी पेश गर्नु’ न्यायाधिश बालचन्द्र शर्माको एकल ईजलासले आदेश जारी गरेको हो ।
निर्वाचन समितिका निर्वाचन अधिकृत देवीदत्त खनालका अनुसार खसेको कुल मत मध्ये माओबादी केन्द्र, एमाले, नयाँ शक्ति सहितको प्यानलका ज्ञानेन्द्र श्रेष्ठले १०१ मत प्राप्त गरेका थिए भने नेपाली काँग्रेस समर्थित सुरेन्द्र कुवरले अध्यक्ष पदमा १०० मत प्राप्त गरेको थियो ।
निर्वाचनमा सहभागी भएर निर्वाचन परिणाम आए पछि अस्विरकार गरेका कुवरले साउन ३२ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरी निर्वाचन परिणामका बिषयमा असहमती जनाएका थिए । जिल्ला स्तरबाट केही नहुने देखे पछि सहयोगी सहित पोखरा पुगेका कुवरहरुको टोली मध्ये चन्दनबावु खत्रीले उच्च अदालतमा निर्वाचन प्रक्रियाको बिषयलाई लिएर मुद्वा दर्ता गराएका थिए ।
२०८ खसेको गन्दा २११ भयो : कुवर
यातायात ब्यवसायी समिति गोरखामा चुनाव हुदाँ होस वा सवारी दर्ता वा सवारीको रुट लिदा होस, विवाद हुने गर्दथ्यो । चलाखी पुर्वक गर्न खोजिएको चुनावमा अध्यक्ष पदमा १ मतले हार ब्यहोरेका सुरेन्द्र कुवरका अनुसार २०८ मत खसेको भएता गन्दा २११ मत भए पछि विवाद भएको थियो । निर्वाचन कार्यक्रम शुरु देखी अन्त्य सम्म कुनै पनि मुचुल्का तयार नगरी निर्वाचनको परिणाम घोषणा भएको र सही गरीएका ३ वटा मतपत्र मध्ये यातायातका कर्मचारीको फोहर राख्ने भाडाबाट २ वटा र एउटा मतपत्र भने च्यातीएको अवस्थामा प्रशासनले नियन्त्रणमा लिएको बताए ।
बढी विश्वास गर्दा घटना घट्यो : एक राज उपाध्याय
यातायात ब्यवसायी समितिमा कर्मचारी रहेको उपाध्याय पनि निर्वाचनका प्रत्यक्षदर्शी हुन । सुरेन्द्र कुवरले लगाएको जस्तो २०८ को २११ भएको होइन । मतपत्र दिदाँ मतदाताको नाममा चिन्ह लगाउन बिर्सीएको हो । उम्मेदवार र निर्वाचनका सबै कर्मचारीले मतदान क्षेत्र छाडेका थिएनन त्यसैले झालझेल भएको छैन भन्छन ।
मतमत्र मेरो अफिस कोठामा फेला परेको सत्य हो । डसबिनमा थियो । निर्वाचन समिति र उम्मेदवार बित विश्वासका भरमा निर्वाचन भएका कारण यस्तो घटना भएको हो । मुचुल्का गराएर सहिछाप गराएको भए यो घटना हुदैन यियो ।
सहमतीमा नै चुनाव भएको : नि.अध्यक्ष रामहरी के.सी.
उदघाट्न कार्यक्रम देखी निर्वाचन र परिणाम समेत सहमती बिचमा भएको हो । कुवर जि ले किन यस्तो गर्नु भयो थाहा भएन । प्रशासनलाई हामीले जस्ताको तस्तै मतपत्र बझाएका छौ भन्छन के.सी.।


