गोरखा समाचारदाता
भाद्र ४ गते । कम्प्यूटर एशोसियसन क्यानको अध्यक्षमा प्रेमध्वज थापा चयन भएका छन् । सूचना तथा प्रविधीको क्षेत्रमा काम गर्नेहरुको संस्था क्यानको शनिवार जिल्ला सदरमुकाममा भएको चौथो जिल्ला सभा तथा दोश्रो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले बावुराम तिवारी, सुदिप कोईराला, सुरेश अर्याल, सुमन कार्की, नोख बहादुर बोगटी (अमृत) लाई सर्वसम्मत रुपमा सदस्यमा चयन गरेको छ । त्यस्तै रुबेन्द्र कुवँर, सानुकाजी श्रेष्ठ र उज्वल श्रेष्ठ पनि सदस्यमा सर्वसम्वत चयन भएको निर्वाचन अधिकृत सप्तकुमार श्रेष्ठले जानकारी दिए ।

सदरमुकामको पश्चिमकाली मन्दिर क्षेत्रमा भएको अधिवेशनमा चयन भएका ८ सदस्यहरुलाई भने जिल्ला कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह सचिवको लगायतको पदाधिकारी र २ जना थप सदस्यहरुको चयन गर्ने केन्द्रिय सदस्य अशोक रानाले जानकारी दिए । कार्यक्रममा सचिव योंङकुमार श्रेष्ठ र कोषाध्यक्ष नोखबहादुर बोगटीको प्रतिवेदन समेत छलफल सहित पारित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं केन्द्रिय सदस्य जगनबहादुर गुरुङ, केन्द्रिय सदस्य अशोक राना, क्यान तनहुँका तुलसी पाण्डे, गोरखा उद्योग बाणिज्य संघका प्रर्थम उपाध्यक्ष जिबनज्योति श्रेष्ठ, क्यान गोरखाका सल्लाहाकार सुशिलबावु श्रेष्ठ र नेपाल पत्रकार महासंघका गोरखा शाखाका सचिव नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए । क्यान गोरखामा ब्यक्तिगत ३० र संस्थागत १२ सदस्य गरी कुल ४२ सदस्य रहेका छन् ।




