नरेन्द्र ढकाल/गोरखा
भाद्र ४ गते । जिल्लाका मानब अधिकारकर्मी तथा नागरिक समाजको भूमिका प्रभावकारी हुन नसकेको आबाज उठेको छ । नागरिक समाज, साझा जवाफदेहिता, नेपालमा नागरीक समाज सवलिकरणका लागी पहल कार्यक्रम परियोजना अन्तर्गत भदौ ३ गते इन्सेक गोरखाको आयोजनामा भएको नागरीक समाजको शुव्यवस्था र आन्तरिक शुसासन सम्वन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले नागरिकको अपेक्षा पुरा हुन नसकेको बताएका हुन् ।
फेरिएको अबस्थामा नागरिक समाजको दायित्व बढेर गएको भन्दै जिल्लामा खुम्चिएका संघ सस्थालाई स्थानिय तह सम्म पुरयाउनु पर्नेमा अधिकाशंको भनाई छ । कार्यक्रममा बोल्दै मानव अधिकार एलायन्सका अध्यक्ष ऋषि खनालले भूकम्प पछिको पुर्नःनिर्माणमा भएको ढिलाई बारे नागरिक समाजले खबरदारी गर्नुपर्नेमा जोड दिए । ‘हामीले पिडितका पक्षमा बोलेर मात्र पुग्दैन घर छिटो बनाउन दबाब समेत दिनुपर्छ’ उनले भने ।
कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले नागरिक समाज दलिय घेरा बाट बाहिर आउन नसकेको आरोप लगाएका थिए । कार्यक्रमका अध्यक्ष एवं मानव अधिकार संजालका अध्यक्ष यदु अधिकारीले वारपाकमा फैलिएको सिजनल फ्यू, मान्वुको श्याम्चेतमा पहिरो त्रास भएपनि सम्वन्धित निकायको ध्यान नपुगेको भन्दै चिन्ता ब्यक्त गरे । ‘हामी सबै कराएका छौं जनता मर्ने स्थीतिमा पुग्दा समेत राज्यका प्रतिनिधि त्यहाँ पुग्न सक्दैन’ अधिकारीले भने । कार्यक्रममा कानून व्यवसायी स्थानेश्वर दुवाडीले भूकम्प पछिको पुर्नःनिर्माण र नागरिक समाजको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्र माथि उपस्थीत मानब अधिकारीकर्मी एवं नागरिक समाजका प्रमुख एवं प्रतिनिधिहरु मानव अधिकार संगठनका जिल्ला अध्यक्ष डिल बहादुर बस्नेत, जेष्ठ नागरिक जिल्ला सघंका अध्यक्ष मोहनलाल श्रेष्ठ, काउराष्ट्रका किशोर रेग्मी, सबिना धिताल, गैसस महासघंका रामबाबु ढकाल लगायतले मन्तव्य राखेका थिए ।


