गोरखा समाचार
जिल्ला सदरमुकामको बसपार्क नजिकै सबारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । गोरखा बसपार्कबाट आँबुखैरनीका लागि छुटेको ना.३ ख ६६ नम्बर यात्रुबाहक बस अनियन्त्रित भई अन्य सबारी साधनलाई ठक्कर दिदाँ ३ जना घाईते भएका हुन् ।

दुरर्घटनामा परी गोरखा नगरपालिका ६ शक्तिचोक निवासी गोरखा उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष रामबाबु जोशी र बसमा सबार दुई यात्रु घाईत भएको प्रहरीले बताएको छ ।

बसपार्कबाट केही मिटर गुढ्ने बित्तिकै बसले सडकमा छेऊमा रोकिराखेको जोशीको मोटर साईकलमा ठक्कर दिएको थियो । बसले ठक्कर दिए .पछि मोटरसाईकलमा रोकेर बसेका जोशी शक्त घाइेत भएका छन् ।

उनको जिल्ला अस्पताल गोरखामा सामन्य उपचार गरी थप उपचारका लागि काठमाण्डौ लगिएको छ । बसमा सबार २ जना घाईत भने सामान्य उपचारपछि घर फर्केको प्रहरीले बताएको छ ।

घटना लगतै प्रहरीले बस चालक मिलन तामाङ्गलाई नियान्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चालक तामाङ्गको सवारी चालक अनुमती पत्र नभएको पाइए पछि उनी सहचालक भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त बसले अन्य सबारी साधनलाई समेत ठक्कर दिएको छ । सुरुमा सडक छेऊमा रहेको ट्याक्सीलाई ठक्कर दिएको बसले मोटरसाईक र घर अगाडी पार्किङ गरी राखेको बा.१४ च ४२९४ नम्बरको स्कारपियो लाई समेत ठक्कर दिएको थियो ।

बसको ठक्कर बाट मोटरसाईकलमा पुर्ण क्षति भएको छ भने टयाक्सी र स्कारपियोको सिसा फुट्नुको साथै दुबै गाडी कुच्चिएका छन् । प्रहरी घटनाको अनुसन्धान गरिरहेको बताएको छ । सहचालकले बस चलाउँदा दुरदघटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।



