गोरखा समाचारदाता
भाद्र १ गते । छैटौं अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै गरेको यातायात व्यवसायी समिति गोरखामा किचलो भएको छ । मंगलबारबाट जिल्ला सरमुकाममा सुरुभएको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएको थियो । अधिवेशनको मिति नजिकै गर्दा सहमतीका लागि भन्दै मुख्य दलका र्शीष नेताहरु छलफलमा जुटे पनि अन्ततः व्यवसायीहरु निर्वाचनमा नै जाने टुंगोमा पुगे ।
बुधबार बिहान सम्म सहमतीको प्रयास भए पनि दुबै पक्ष टसकोमस नभए पछि अपराह्न निर्वाचन गरिएको हो । उद्घाटन कार्यक्रम उपस्थीत भएका नेताहरुले सार्वजानिक रुपमै व्यवसायीलाई सहमतीमा सक्षम नेतृत्व छान्न सुझाव दिएका थिए । तर अध्यक्ष पदमा सबैको दाबी थियो । सहमतीको प्रयास विफल भएपछि दुई प्यानल बनाएर व्यवसायीहरु निर्वाचनमा होमिए । २४८ व्यवसायी रहेको यातायात व्यवसायी समिति गोरखाको नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ र निवर्तमान महासचिव सुरेन्द्र कुवँर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
निकै प्रतिष्पधात्मक भिडन्तमा एक मत अन्तरले पूर्व अध्यक्ष श्रेष्ठ विजयी भएको निर्वाचन मण्डलले नतिजा सुनायो । ‘१ मतले ज्ञानेन्द्र जी बिजयी हुनुभयो, उहाँको १०१ मत आएको छ, सुरेन्द्र जीले जम्मा १०० मत प्राप्त गर्नुभएको छ’ निर्वाचन अधिकृत देवीदत्त खनालले गोरखा सामाचार सँग भने । श्रेष्ठ, माओवादी केन्द्र, नेकपा एमाले, नयाँ शक्ति पार्टी र नेपाल कम्युष्टि पार्टीको साझा प्यानल बाट बिजयी भएका हुन् ।
काँग्रेसले भने कुवँरको नेतृत्वमा एकल प्यानल प्रतिस्पर्धामा उतारेको थियो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा काँग्रेस निकट शंकरबाबु दानीलाई १ मतले पछि पार्दै एमाले निकट देवराज श्रेष्ठ ९७ मत ल्याइ बिजयी भएका छन् । उपाध्यक्षमा काँग्रेसका काजीराम खत्री ९८ मत ल्याएर बिजयी भए भने उनका प्रत्यासी राजकुमार श्रेष्ठले ९३ मत आएको छ ।
यसैगरी महासचिवमा काँग्रेस निकट व्यवसायी अञ्जन बाबु खत्रीले नेपाल कम्युनिष्ट पार्टी क्रान्त्रिकारी निकट दिपक बोहोरा हराएका छन् । खत्रीले ९८ र बोहोरा ९७ मत ल्याएको निर्वाचन अधिकृत खनालले बताए । त्यस्तै सचिवमा पनि काँग्रेस निकटका अनिल कुवँर बिजयी भएका छन् । उनले माओवादी प्यानलका परशुराम पोखरेललाई हराएका हुन् । कुवँरले १०८ मत ल्याएका छन भने पोखरेलको ६ मत मत आएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
कोषध्यक्षका प्रत्यासी शरण गुरुङ १०६ मत ल्याइ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्धी माओवादी प्यानलका बिकास घिमिरेको पक्षमा ८६ मत खसेको निर्वाचन अधिकृत खनालले भनाई छ । गुरुङ काँग्रेस निकट हुन भने घिमिरे एमाले निकटका मानिन्छन् ।त्यस्तै सह–कोषध्यक्षमा राजु श्रेष्ठ सर्वाधिक मत ल्याएर बिजयी भएका छन् उनले ११ मत ल्याएका हुन् । प्रतिस्पर्धी राजेश पाण्डेको पक्षमा ७४ खसेको छ । बिजयी श्रेष्ठ काँग्रेस निकटका मानिन्छन् ।
त्यस्तै सदस्यहरुमा भरतबाबु दानीले ९९, कृष्ण प्रसाद पन्तले ८०, चन्द्र स्वाँर भोटेले ८९ र नवराज थापाले ७७ मत प्राप्त गरी बिजयी भएका छन् । यसैगरी ट्याक्टर संयोजकमा बिशाल श्रेष्ठ ७ मत ल्याएर बिजयी भएभने उनका प्रतिद्धन्दी सुरज पन्तले ३ मत प्राप्त गरेको खनालले बताए । बस संयोजकमा अर्जुन प्रसाद भट्ट, ट्रक संयोजकमा ज्ञानकाजी श्रेष्ठ, मिनीबस संयोजकमा ईश्वर केसी र माइक्रोबस संयोजकमा रञ्जित कुमार बाँनिया निर्विरोध चयन भएका खनालले जानकारी दिए ।
छानबिनको माग गर्दै कुवर प्यानलद्धारा प्रहरीमा निवदेन दर्ता
यातायात व्यसायी समिति गोरखाको निर्वाचनका क्रममा मतगणना गर्दा पुर्वाग्रही व्यवहार गरिएको भन्दै छानबिनको माग गरिएको छ । माओवादी निकट व्यवसायीको प्यानललाई बिजयी गराउन निर्वाचन अधिकृत समेतको मिलेमतो भएको भन्दै सोको छानबिनका लागि काँग्रेस निकट व्यवसायीले जिल्ला प्रहरी कार्यालय गोरखामा निवेदन दर्ता गरेका छन् । ‘मतगणना पूर्व गर्नुपर्ने बिधि र प्रक्रिया पुरा नगरी एकलौटी रुपमा मतगणना गरियो र हामीलाई हराईयो’ अध्यक्षका प्रत्यासी सुरेन्द्र कुवँरले भने ।
मतगणना पूर्व सर्बपक्षिय बैठक नराखेको, एकपक्षिय रुपमा निर्वाचन कार्याक्रम प्रकाशन गरेको,मतदान पूर्व, मतगणना सुरु हुनु पहिले र सकिए पनि सार्वजानिक मुचुल्का नगरी एक पक्षलाई जिताउन निर्वाचन मण्डल लागेको उनीहरुको आरोप छ । निर्वाचन अधिकृतले मतणनाको नियम बनाउदा सदर र बदर मत कस्तो हुने भन्ने बारेमा केरमेट गरी श्रेष्ठ निकटका उम्मेदवारलाई जिताउन भुमिका खेलेको कुवँर प्यानलको आरोप छ । ‘हामीले जित्ने निश्चित भएपछि पहिले सदर भनिएको बुँदा केरेर बदर भन्ने बनाइएछ, त्यसपछि हाम्रो धेरै भोट बदर गराएर हराईयो’ कुवँरले भने ।
अधिकाशं पदाधिकारीमा जिते पनि काँग्रेस निकट व्यवसायीले निर्वाचन परिणाम स्वीकार नगर्ने भन्दै प्रहरीमा छानबिनको लागि अनुरोध गर्दै निवेदन बुझाएका छन् । यता निर्वाचन अधिकृत देवीदत्त खनालले भने हार्ने पक्षले मत धेरै बदर भएपछि अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् । ‘हामीले प्रचलित मान्यता अनुसार सबै विधि र प्रक्रिया पुरा गरी निर्वाचन गराएका हौं, उहाँहरुको मत धेरै बदर भएको रहेछ, हारे पछि यो आरोप लगाउनुभएको हो, यसमा सत्यता छैन् ।’ उनले भने ।
मतणनाका क्रममा विवाद भएपछि कागे्रस निकटका व्यवसायीहरु नजिता आउनुपूर्व मतगणना स्थल बाट बाहिरी एका थिए ।


