×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एउटा उद्योग जहाँ कहिल्यै बन्द–हड्ताल हुँदैन

  •  
  • बुधबार, साउन ३२, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यूरोप निर्यात हुन्छन् गोरखा आयुर्बेद कम्पनीका उत्पादन

    प्रशन्न पोखरेल 

    उद्योग भनेपछि बन्द, हड्ताल, कर्मचारी आन्दोलन या यस्तै–यस्तै। यस्ता यावत समस्याहरु संचालकले नचाहेर पनि बेहोर्नुपर्ने हुन्छ, उद्योगमा। झमेलै झमेलाकाबीच जसोतसो उद्योग चलाएपनि उत्पादित बस्तु बिक्री नभएर अनेक बिज्ञापनको सहारा लिनुपर्छ। तर, गोरखामा एउटा उद्योग बषौंदेखि निरन्तर चलिरहेको छ। भलै नाफा धेरै कमाएन होला, घाटामा भने उद्योग पुगेको छैन। अझै क्षमता बिस्तार गर्दैछ।

    प्रसङ्ग हो गोरखा आयुर्बेद कम्पनी प्रा.लि.को।

    बि.सं. २०४० सालमा नेपाल र फ्रान्सको संयुक्त प्रयासमा यो उद्योग संचालनमा आएको थियो। माओवादी शसस्त्र विद्रोहकालमा देशभरका उद्योगहरु कुनै न कुनै बाहनामा बन्द रहेका थिए। तर, यो उद्योग आफ्नै रफ्तारमा संचालनमा थियो र आज पनि छ। यसले निरन्तर रुपमा औषधिहरु उत्पादनलाई तीव्रता दिँदै आएको छ।

    गोरखाकै बिभिन्न जडिबुटी (कच्चा पदार्थ) प्रयोग गरी ८० प्रकारका बिभिन्न रोग बिरुद्धका औषधिहरु उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित ईञ्चार्ज अर्जुन अर्याले बताए ‘कम्पनीबाट उत्पादित अधिकांश औषधी फ्रान्सलगायत युरोपमा निर्यात हुने गर्छन्। तर, कम्पनीले आफ्ना उत्पादन स्वदेशमै खपत होस् भन्ने नीति लिएको छ।’

    उद्योगले तुलसी चिया, गुडुची चिया, हर्वल चियालगायतका उत्पादन पनि यूरोपमा निर्यात हुने गर्छ। गोरखाका बनजंगलमा पाइने जडिबुटीले उद्योग संचालन भइरहेको छ। यदी जिल्लामा कच्चा पदार्थहरु अभाव भएको खण्डमा छिमेमी धादिङ, तनहुँ, लम्जुङ, चितवन जिल्लाबाट कच्चा पदार्थहरु ल्याइने गरिएको छ। गोरखाको पैसा गोरखाकै गाउँ–गाउँमा पुर्याउन जिल्लाकै कच्चा पदार्थ प्रयोग गरिएको कम्पनीले जनाएको छ।

    इञ्चार्ज अर्यालले भने, ‘हिमाली भेगबाट जटामसी, कुड्की, चिराइतो, पहाडी भेगबाट हर्रो, बर्रो, अमला, गुर्जो, घोरताप्रे, तेजपात, रुद्राक्ष र तराई क्षेत्रबाट सिमली, असुरो, सर्पगन्धाहरु लगायत कच्चा पदार्थ कम्पनीले ल्याउने गरेको छ । सामुदायिक बनहरुसंग समन्वय गरी जडिबुटी खरिद गछौं ।’ निमपत्ताका पात, बोक्रा, टाँकीको बोक्रा, कोइरालाको बोक्रा कच्चा पदार्थको रुपमा प्रयोग हुने गरेको छ।

    मरिच, सुकमेललगायत कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ। अर्यालले भने, ‘अहिलेसम्म कच्चा पदार्थ अभाव भएर उद्योगको काम ठप्प भएको छैन। जिल्लामै उत्पादित कच्चा पदार्थले माग धानिरहेको छ ’ पाँच रोपनी क्षेत्रफलमा फैलिएको कम्पनी त्यसबेला कति लगानीमा संचालनमा आएको थियो र अहिले बार्षिक कति आम्दानी भइरहेको छ भन्ने कम्पनीले बाहिर ल्याउन चाहँदैन।

    कम्पनीको आम्दानीबारे जिज्ञासा राख्दा अर्याले भने, ‘सबैकुरा हामीलाई थाह हुँदैन केन्द्रिय कार्यालयमा केही जानकारी होला कि हामी यत्ति मात्रै भन्न सक्छौं, कच्चा पदार्थ ढुवानी गर्दा बढी पैसा खर्च भएको छ नाफाघाटा बराबर जस्तै ’ कम्पनीमा २७ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् कम्पनीका कविराज जीवन रेग्मीले ग्यास्टिक रोग बिरुद्ध खाने चूर्ण अइरपत्तिकर, पायल्स् रोगबिरुद्ध पिलारिन, उच्चरक्तचाप घटाउने केन्सारिन लगायत औषधिको बजारमा माग उच्च भएकाले कम्पनीले यी औषधिको उत्पादन बढाएको छ।

    कम्पनीले शात्रअनुसार बिभिन्न रोगका चूर्ण (घुलो) र ट्याब्लेटहरु उत्पादन गर्दै आएको छ नपाक्दै जडिबुटी टिप्ने, जसले गर्दा बीऊ जमिनमा झर्न नपाउने र जडिबुटीहरु लोप हुने अवस्था देखिएकोमा कम्पनीले चिन्ता गरेको छ जिल्लास्थित बन कार्यालय, सामुदायिक बन समूहरु सचेत भएर लोपोन्मुख जडिबुटी पहिचान गर्दै फैलाउन भूमिका निर्वाह गर्नुपर्ने रेग्मीले बताए ‘बेला नभई जडिबुटी टिपेर बंश नाश गर्ने प्रबृत्तिको अन्त्य हुनुपर्छ’ रेग्मीले भने।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ३२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.