कैलासबावु श्रेष्ठ/गोरखा
साउन ३२ गते । नेपाली सेना संग सुमधुर सम्बन्ध कायम गर्ने उद्वेश्यका साथ गोरखा सदरमुकाममा अमेरीकी सेनाहरुको संयुत्त टोलीले अभ्यास गरेको छ । अभ्यासका क्रममा सेनाहरुले स्वास्थ्य शिवीका साथै स्कुल तथा स्वास्थ्य संस्थामा मर्मतको काम गरेका छन । ‘दुवै देशेको पारस्परीक सम्बन्धमा सुमधुरता ल्याउन संयुत्त अभ्यास गरीएको’ अमेरीकी बायुसेवाका प्रमुख तथा मिसन कमाण्डर कर्नेल डचले बताए ।

नेपाली सेना र अमेरीकी सेनाहरुले ‘मैत्रि पुर्ण एवं मानवियता शिवीर’ नाम दिदै गोरखा सदरमुकामको आहाँले डाडाँको सरस्वती माविमा साउन ३० गते देखी निशुल्क स्वास्थ्य शिवीर तथा जिल्ला भित्रको ३ स्कुल र २ स्वास्थ्य संस्थामा मर्मत संभारको काम गरी रहेको छ ।

अमेरीकी सेनाको टोलीमा बिशेषज्ञ सहितको जम्बो टोली छ भने नेपाली सेनाले संयोजनका साथै केही बिशेषज्ञहरु लिएर स्वास्थ्य सेवा दिदै आएको छ । दैनिक जसो ठुलो संख्यामा स्वास्थ्य जाँच गराई रहेको उत्त टोलीमा अमेरीकी सेनाको तर्फबाट मंगोलिया, बंगलादेश र श्रीलकाका सेनाहरुको सहभागीता रहेको नेपाली सेनाका मिसन कमाण्डर प्रकाश बहादुर सिंहले जानकारी दिएँ ।

संयुत्त अभ्यासका बिषयमा जानकारी दिने उद्वेश्यका साथ आयोजित पत्रकार सम्मेलनमा हाल सम्म भए गरेका कामको बारेमा दुवै सेनाका कमाण्डरहरुले सञ्चार माध्यामलाई जानकारी गराईएको थियो ।

३ दिनमा २ हजार भन्दा बढी सर्व साधारणहरुलाई दाँत, बालरोग, छालारोग तथा आखाँका रोगीहरुको उपचार भएको र तिनलाई आवश्यक औषधी तथा सामाग्री बितरण गरी रहेको छ ।

भाद्र २ गते सम्म सञ्चालनमा आउने संयुत्त अभ्यास अन्तरर्गत गोरखा अस्पताल र छेवेटारमा रहेको स्वास्थ्य चौकीमा मर्मत संभारको काम भै रहेको छ भने सरस्वती मावि आहाले, महेन्द्र मावि कुन्दुर र संसारी महेन्द्र मावि नयाँ साँघुमा विद्यालयको रंगरोगन, झयालढोका, शौचालय निर्माण निर्माणमा सहयोग गरी रहेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिएँ ।

मर्मत सुधार भएको बिद्यालय र स्वास्थ्य चौकीमा हाल भै रहेको भौतिक संरचनालाई परिवर्तन नहुने गरी मर्मत, रंगरोगन तथा ईलेक्ट्रिक सम्बन्धी काम तथा पानी टंकी राख्ने काम भै रहेको संयुत्त अभ्यासका नेपाली कमाण्डर प्रकाश बहादुर सिंहले जानकारी दिएँ ।

भाद्र २ गते सम्म चल्ने निशुल्क स्वास्थ्य शिवीरमा भने ४ हजार भन्दा बढी सर्व साधारणहरुले सेवा लिने अनुमान गरीएको छ । शिवीर राख्नु पूर्व नेपालमा रहेको अमेरीकी एम्बेशीबाट आएको एक टोलीले स्वास्थ्य शिवीरमा कस्ता कस्ता सेवा दिन उपयुक्त हुने भन्ने बिषयमा अध्ययन गरेर गै सकेको थियो ।

नेपाली सेना र अमेरीकी सेनाको १० बर्षे कार्यकालमा यो तेस्रो संयुत्त अभ्यास हो । १० बर्ष बिचमा चितवन, पोखरा पछि गोरखामा यो अभ्यास गरीएको हो ।


