गोरुखा समाचारदाता
साउन ३२ गते । जिल्ला सरदमुकाममा सुरु भएको निशुल्क स्वास्थ्य शिविरको दोश्रो दिन ७ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
नेपाली सेना र अमेरिकी सेनाको सयुक्त आयोजनामा गोरखा नगरपालिका वडा नम्बर ८ को आहालेमा शुरु भएको शिविरमा एकै दिन विभिन्न समस्या भएका ७ सय बिरामीले निशुल्क स्वास्थ्य सुबिधा लिएका नेपाली सेनाका सेनानी प्रकास बहादुर सिंले बताए । शिविरमा जचाउँन आउने संख्याको एक तिहाई भन्दा बढि आँखाको रोगी भेटिएका छन भने बालबालिकाको समस्या पनि उच्च देखिएको छ ।
नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक याङ्गल्स २०१७ नाम दिईएको उक्त शिविरमा विभिन्न रोगका ४२ जना विशेषज्ञ डाक्टरहरुले सेवा दिईरहेका छन् । चार दिन सम्म चल्ने शिविरमा जनरल फिजिसियन, बालरोग विशेषज्ञ, छालारोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ लगायत विभिन्न रोगका विशेषज्ञ डाक्टरले सेवा दिइरहेको नेपाली सेनाले जानकारी दिएको छ ।
रणसिंहदल गण नाम्जालीडांडा गोरखाले संयोजन गरेको शिविरमा पारिवारिक स्वास्थ्य, दन्त सेवा, आँखा उपचार सेवा, छाला तथा यौनरोग सेवा लगायतका विभिन्न रोगको उपचार गरिनुका साथै निशुल्यक औषधी समेत वितरण गरिएको छ । शिविर २ गते सम्म सञ्चालन हुनेछ । विशेषज्ञ डाक्टरहरुको उपस्थिीतिमा भएको उक्त शिविरबाट मौकाको फाईदा उठाउन नेपाली सेनाले सबैमा आग्रह गरेको छ ।
शिविरको पहिलो दिन ४ सय ७ जना बिरामीले निशुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।




















