नरेन्द्र ढकाल/गोरखा
साउन ३२ गते । यातायात व्यवसायी समिति गोरखाको आगामी नेतृत्वका लागि २ जनाको नाम चर्चामा आएको छ । पुर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ र हालका महासचिव शुरेन्द्र कुँवर अध्यक्षको दौडमा रहेको गोरखा यातायात उच्च श्रोतले बतायो । पुर्व उपाध्यक्ष एवं अघिल्ला निर्वाचनमा अध्यक्षका प्रत्यासी नन्दलाल बगालेको नाम चर्चा रहेपनि कुँवरलाई अध्यक्ष बनाउने काग्रेसले तयारी गरेको छ ।
बगाले पनि कांग्रेस निकट व्यवसायी मानिन्छ । अघिल्लो पटक कांग्रेस खेमा बाट अध्यक्ष पदमा चुनाव लढेका उनी माओवादी निकटका व्यवसायी रामहरी केसी सँग पराजित भएका थिए । बगालेले यस पटक पनि इच्छा व्यक्त गरेको तर कांग्रेसले कुँवरलाई उम्मेदवार बनाउने तयारी गरेको छ । काग्रेस र माओवादी समर्थित व्यसायीको बाहुल्यता रहेको गोरखा यातायातमा एमाले र नयाँ शक्तिका व्यवसायीहरुले भने उम्मेदवारी दिने नदिने टुंगो लागेको छैन् ।
नयाँ शक्ति निकट मानिने पुर्व अध्यक्ष नारायण खत्रीले सर्वसम्र्मत रुपमा प्रस्ताव आए मात्र सोच्न सक्ने भन्दै चुनाब नलढ्ने संकेत गरेका छन् । मंगलबारबाट जिल्ला सदरमुकाम सुरु भएको समितिको १२ औं साधरण सभा तथा छैटौं अधिबेसनमा शुभकामना मन्तव्य दिन पुगेका जिल्लाका मुख्य दलका र्शीष नेताहरुले व्यवसायिक सुरक्षा र पेशागत हक हितको नेतृत्व गर्ने सक्ने उम्मेदवार छान्न सुझाब दिए पनि आफू निकटका व्यवासायीलाई नेतृत्वमा ल्याउन कसरत गरिरहेका छन् ।
गोरखा यातायातमा आफ्नो प्रभुत्व जमाएको माओवादी सजिलै कांग्रेसलाई नेतृत्व सुम्पिने सोचमा देखिदैन । अध्यक्षको चुनाव नजितेको कांग्रेस यसपाली जसरी भए पनि नेतृत्व हत्याउने होडमा लागेको छ । सहमतीका लागि दलहरु आन्तरिक छलफलमा समेत जुटेका छन् । सहमती नभए आज बाट निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । अन्य पदको भने आकांक्षी धेरै रहेकाले आधिकारिक रुपमा कसैको नाम सार्वजानकि भएको छैन् ।
अधिवेशनको यातायात व्यवसायी महासघंका केन्द्रिय अध्यक्ष डोलनाथ पौडेलले उद्घाटन गरेका हुन् । पौडेल सँगै उपाध्यक्ष बिजय बाबु स्वाँर,महासचिव सरोज सिटौला लगायतका र्शीष नेत्तृव पनि जिल्ला आएका थिए । उनीहरुले पनि पेशागत हितलाई ध्यानमा राखेर सक्षम नेतृत्व चयन गर्न व्यवसायीलाई सुझाव दिएका छन । कार्यक्रममा गोरखाका केही व्यसायीहरुले यातायताका मुद्दा उचारेल सञ्चार माध्यमले आफूहरुको व्यवसाय धरापमा पारेको आरोप समेत लगाएका थिए ।




















