नरेन्द्र ढकाल/गोरखा
साउन ३२ गते । नेपालकै सबै भन्दा पुरानो शाहकालिन गोरखा दरबार पुर्नःनिर्माणको काम असोज महिनाबाट सुरु हुने भएको छ । २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पबाट पुर्ण रुपमा क्षति भएको उक्त दरबार असोज महिना देखी पुर्नःनिर्माण थालिने गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मन्जु सिंह भण्डारीले जानकारी दिइन् । ‘भूकम्प गएको २ वर्ष सम्म भत्काउने की मर्मत मात्र गर्ने भन्ने अध्ययन गरयौं, अन्ततः दरर्बार पुर्नःनिर्माण गर्ने निर्णयमा पुगियो’ नेपालीपत्र सँग कुराकानी गर्दै उनले भनिन् ।
पुरातत्व विभागका भुगर्भ विद्, इन्जिनियरहरुको लामो अध्ययन पछि दरर्बारको जग नै खलबलिएको निष्कर्ष निकालिएको थियो । सोही रिर्पोटका आधारमा नेपालको सबै भन्दा पुरानो शाहकालिन दरर्बार पुर्नःनिर्माण गर्न लागिएको हो । ‘हामीले माटोको अवस्था, जमिनको धरातलिय स्वरुप सबैलाई आधार बनाएर अध्ययन गरयौं, दरर्बार मर्मत गर्न नमिल्ने गरी भत्किएको छ’ भण्डारीले भनिन् । भूकम्पले भत्किएको दरर्बारमा मुसाले खोतलेर झनै जिर्ण बनाएकोले मर्मत कार्य असम्भव देखिए पछि पुर्नःनिमार्ण गर्न लागिएको हो ।
पुरातत्वले उक्त दरर्बारको पुर्नःनिर्माणका लागि ४ करोड ३७ लाख रकम उपलब्ध गराएको छ । जसअनुसार बोलपत्र आब्हान गरी ठेक्का लगाउने काम भईरहेको छ । ‘इच्छुक निर्माण कम्पनीहरुले बिडिङ गर्नुभएको छ, हामी त्यसको अध्ययन गरी ठेक्का सम्झौता गर्छौ अनि काम सुरु हुन्छ’ उनले भनिन् । ई बिडिङ मार्फत गरिएको ठेक्काको टुंगो लगाई भदौ महिना भित्र सम्झौता समेत गरेर असोजबाट निर्माण थाल्ने हेरचाह अड्डाको तयारी छ । जसका लागि अहिले दरर्बारमा ट्रष्ट राखिसकिएको छ ।
दरर्बारका संरचनालाई पानी चुहिएर क्षति पु¥याउन सक्ने भन्दै ट्रष्ट राखिएको छ । ‘काम निकै जोखिमपुर्ण पुराना सम्पती र सामानहरुलाई जस्ताको तस्तै निकालेर भए सम्म त्यहीँ सामान प्रयोग गर्नुपर्ने हुन्छ’ भण्डारीले भनिन् । हाल दरर्बारमा रहेका काठका टुडाल, झ्याल ढोका लगायतका अन्य काठका सामान, राजा पृथ्वीनारायण शाहको सिहांसन, हातहतियार, पुराना भाडा बर्तन लगायतका सबै संरचनालाई दरर्बार भत्काउनु पुर्व सुरिक्षित स्थानमा सार्ने तयारी रहेको उनले बताइन् ।
२ वर्ष भित्र काम सक्ने लक्ष्यका साथ असोज बाट सुरु हुने पुर्नःनिर्माणको काम भइरहेका बेला मुल दरर्बारमा प्रवेश रोक लगाउने दरर्बार हेरचाह अड्डाको तयारी छ । उक्त समयमा कालिका मन्दिरको दर्शन गरी तल्लो बाटो गोरखनाथ बाबाको दर्शनका लागि भक्तजनहरुलाई जाने व्यवस्था मिलाउने भण्डारीले बताईन । कामदार र आवश्यक निर्माण सामाग्रीको अभाव नभएमा तोकिएकै समयमा काम सक्ने हेरचाह अड्डाको लक्ष्य छ । ‘हामीले खोजेको जस्तो इट्टा, काठपात लगायतका निर्माण सामाग्री पायौं भने, तोकिएको समय मै काम सक्ने लक्ष्य छ’ उनले भनिन् । हाल दरर्बारमा रहेको सामानलाई नै सके सम्म प्रयोग गर्ने र नपुगेको सामानमा थप गर्ने हेरचाह अड्डाको योजना छ ।
नेपाल राज्यको एकिकरण हुनपूर्व तात्कालिन राजा पृथ्वीनारायण शाह र उनका सन्ततीहरुले प्रयोग गरेको गोरखा दरर्बार नेपालको इतिहासमा निकै महत्वपुर्ण मानिन्छ । २ वर्ष अघि गएको बिनाशकारी भूकम्पले पुर्ण रुपमा क्षति पुगेको ऐतिहासिक संरचनाहरु पुर्नःनिर्माण थालिएको हो । यस अघि गोरखनाथ गुफा लगायतका केही संरचनाको पुर्नःनिर्माण भएको छ भने कालिका देवीको मन्दिर सहितका अन्य संरचनाको पुर्नःनिर्माण क्रमश गर्दै जाने योजना रहेको भण्डारीले बताईन् ।


