×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा यातायातको अधिवेशनः पत्रकार र प्रशासन तारो

  •  
  • मङ्गलबार, साउन ३१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशन्न पोखरेल

    अधिवेशन गर्ने समय नपुग्दै तोकिएको यातायात व्यवसायी समिति गोरखाको मंगलबार आयोजित १२ औं साधारण सभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्र कसरी यातायात व्यवस्थापन गरी यात्रुलाई प्रभावकारी सेवा दिन सकिन्छ? भन्नेबारे छलफल गर्नुभन्दा पत्रकार र प्रशासनको चर्को आलोचना गर्दै सकिएको छ।

    समितिमा आवद्ध वरिष्ठ व्यवसायीदेखि समितिहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका जिम्मेवार पदाधिकारीहरुले समेत पत्रकारले यस्तो समाचार लेख्यो, उस्तो समाचार लेख्यो भन्दै आलोचनामा महत्वपूर्ण समय बिताएका थिए। सरकार, यातायात मन्त्रालयले गर्ने सबै काम, कारबाही पत्रकारले गर्न सक्ने जस्तो गरी उनीहरु पत्रकारमाथि खनिएका थिए।

    गोरखाको यातायात क्षेत्रमा लादिएको सिण्डिकेट, यात्रुबहाक बसको छतमा यात्रु चढाउनेजस्ता विषय प्रायःगरी गोरखाका सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन र प्रशारण गर्दै आएपछि गोरखा यातायातको सिण्डिकेट अन्त्य भएर प्रा.लि.हरुले बस सञ्चालन गर्दै आएका छन्। प्रा.लि.हरुले बस सञ्चालन गर्दा आफ्नो समिति धरासायी बनेको र यसमा सबैभन्दा दोषी पत्रकार रहेको व्यवसायीको भनाइबाट पुष्टि हुन्थ्यो। सरकारलाई देशभर बस सञ्चालन गर्न चुनौती दिइरहेका व्यवसायीले साझा यातायात शहरकेन्द्रित रहेमा बिरोध गरे।

    समितिका वरिष्ठ व्यवसायी नन्दलाल बगालेले यातायात समितिले गरिबलाई सेवा दिन बस सञ्चालन गर्दै आएको दाबी गर्दै भने, ‘साहू महाजन आफ्नो प्राइभेट कारमा हिँड्छन्। गरिब, दीनदुःखीलाई सेवा दिइरहेका समितिमार्फत्का बसहरुलाई सरकारले बिभेद गरेको छ। हेला गरेको छ।’ गाउँपालिका प्रमुखहरुलाई बर्षात् रोकिएपछि तत्कालै कच्ची सडक मर्मत गर्नका लागि आग्रह गर्दै उनले सरकारले समितिलाई हेर्ने दृष्टिमा सुधार ल्याउनुपर्नेमा जोड दिए।

    पत्रकारले भाडा निर्धारणदेखि भाडा तोक्दिनुपर्ने बगालेको भनाइ थियो। जिल्लास्तरमा भाडा निर्धारण प्रमुख जिल्ला अधिकारी नेतृत्वको सरोकारवालाहरुको समितिले निर्धारण गरी लागू गर्ने गर्छ। भाडा निर्धारण समितिको बैठकमा उनी आबद्ध समितिका अध्यक्ष नै उपस्थित रहेर भाडा निर्धारण र लागू हुन्छ भन्ने हेक्का उनले राखेनन्। भाडा निर्धारण गर्न सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माको नेतृत्वमा हालै समिति बने पनि सो समिति बनेको महिना दिन पुग्दा समेत एकपटक बैठक बसेको छैन।

    समिति र प्रा.लि.लाई हेर्ने नीतिबारे व्यवसायीले महासंघको धारणा मागेका थिए। समितिका पूर्वअध्यक्ष नारायण खत्रीले प्रा.लि. र संघसंस्थाको नाउँमा गोरखा यातायातलाई सिध्याउन, धरासायी बनाउन लागिपरेकाले महासंघले ठोस नीति ल्याएर समस्याहरुको समाधान खोज्न सक्नुपर्नेमा जोड दिए।
    वि.सं. २०५८ मा स्थापना भएको यातायात व्यवसायी समिति गोरखाले स्थापना कालदेखि नै पृथ्वीराजमार्ग बस सञ्चालक समितिसँग कसरी जुझ्ने भन्ने योजना बनाउँदैमा महत्वपूर्ण समय खेर फालेको थियो। पछिल्लो पटक छ्याप्छ्पाप्ती प्रा.लि.हरुले बस सञ्चालन गर्न थालेपछि एकलौटी गर्न नपाउँदा व्यवसायी र पदाधिकारीलाई टाउको दुखाइको विषय बनेको छ।

    महासंघका महासचिव सरोज सिटौला साझा यातायातप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए। उनले भने, ‘सरकारी लगानीमा सञ्चालनमा आएको साझा यातायात राजधानीका केही गल्लीहरुमा गुड्यो भने फुक्र्याउनेहरु धेरै छन्। गोरखा, बाग्लुङ, कर्णाली भेगका कच्ची सडकमा किन साझाले बस गुडाउन सक्दैन? जहाँ सुविधा त्यहीमात्रै साझा सीमित हुने, त्यही साझाको प्रचार बढी हुने?’ प्रशासनले भाडा समायोजन नगरी व्यवसायीको चरित्र हत्या हुने गतिविधि गरेको आरोप उनले लगाए।

    लाइसेन्स नभएका चालकलाई गाडी चलाउन दिनुपरेको पोल खोल्दै उनले भने, ‘समाचारमा एसएलसी पास नगरेकाले लाइसेन्स नपाउने भन्ने आउँछ। हामीलाई पिएचडी, ब्यार्चलर गरेका चालक दिनुहोस् हामी उनीहरुलाई चालक बनाउन तयार छौं।’ सरकारले मेडिकल कलेज खोल्न बन्देज लगाउन लागेको उदाहरण प्रस्तुत गर्दै उनले वैज्ञानिक तवरबाट गाडी आयात गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘कोही पत्रकारले, केहीले अहिले पेट्रोल ट्याङकरको पर्मिट ल्याउन सक्छ? हामीले पर्मिट ल्याएर बस छुटाउँदा किन चौतर्फी आक्रमण? बिना सरकारी सहयोग यातायात व्यवसायीहरुले साढे तीन खर्ब लगानी गरेको भन्दै उनले समितिका बिरुद्ध कम्पनी र प्रा.लि.को केही नचल्ने दाबी गरे।

    महासंघका उपाध्यक्ष विजयबाबु स्वाँरले सरकारले राजधानीमा ट्याक्सीको आवेदन माग गर्दा मागभन्दा कम निवेदन पर्नुको कारण यातायात क्षेत्रमा नाफा छैन, दुःख धेरै छ भन्ने हो भन्दै यात्रुबहाक बसहरुको छत झिक्ने सहमति सरकारसँग नभएको प्रष्टीकरण दिए। ‘जनताको झिटीझाम्टो कहाँ राखेर ढुवानी गर्ने भन्ने विकल्प सरकारले खोजी गरिदियोस् छतमात्रै होइन डिक्की पनि झिकिदिन्छौं। हचुवाको भरमा नियम बनाउने र त्यही समाचार लेख्ने?’, उनले प्रतिप्रश्न गरे।

    सक्कली विद्यार्थीलाई भाडामा सहुलियत दिनुपर्ने मागमा महासंघ गम्भीर रहेको बताउँदै उनले बिदाको दिन पनि विद्यार्थीलाई भाडामा सहुलियत नेपालबाहेक अन्य देशमा नदिइने भन्दै व्यवसायीको प्रशंसा गर्नुको सट्टा बिरोध गरिएकोमा आपत्ति जनाए। प्रा.लि.ले यात्रुबहाक बस सञ्चालन गर्दा दुर्घटना भएको खण्डमा घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिनुपर्नेमा सञ्चालक भागेको खण्डमा जनताले दुःख पाउने भन्दै स्वाँरले समितिले जनतालाई दुःख होइन सेवा दिइरहेको बताए।

    व्यवसायीहरुले देश संघीय संरचनामा गएको भन्दै राजमार्गहरु केन्द्र सरकार मातहत हुनुपर्ने बताएका छन्। कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले घुमिफेरि एउटै ब्यक्तिको नेतृत्वमा गोरखा यातायात रहेको बताए। बिगतका दिनमा एउटा पार्टीको फेरो समातेर यातायात धरासायी बनाएको उनको भनाइ थियो। पन्त समितिकै व्यवसायी पनि हुन्।

    नयाँ शक्तिका गोरखा अध्यक्ष रमेश पोखरेलले पर्मिट मिलाएर समितिका जिम्मेवारहरुले नै कमिसन खाने गरेको आरोप लगाए। नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापाले भाडा निर्धारण गर्ने, वृद्धि गर्ने वा घटाउने अधिकार पत्रकारलाई नरहेको भन्दै यातायात क्षेत्रमा देखिएका विकृत्ति, विसंगतिबारे पत्रकारहरुले आलोचना खेपेर भए पनि समाचार प्रशारण÷प्रकाशन गरिरहने बताए।

    समितिको अहिले बन्द सत्र चलिरहेको छ। बन्दसत्रपछि सुरु हुने निर्वाचनमा अध्यक्षका लागि वर्तमान महासचिव सुरेन्द्र कुँवर, पूर्वअध्यक्ष नारायण खत्री, ज्ञानेन्द्र श्रेष्ठ चर्चामा छन्। सर्वसम्मत कार्यसमिति चयन गर्ने बताइए पनि गुट÷उपगुटका कारण त्यो सम्भव नरहेको व्यवसायी नै बताउँछन्।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ३१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.