×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भुकम्पले भत्काएका सिंचाइ आयोजनाको पुनःनिर्माणमा प्राथामिकता : सिंचाइ मन्त्री गौतम

  •  
  • आइतबार, साउन २९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    साउन २९ गते । सिंचाईमन्त्री संञ्जयकुमार गौतमले भुकम्पले ध्वस्त भएका सिंचाइ आयोजना पुनःनिर्माणको कामलाई प्राथमिकता दिने बताएका छन् । शनिवार गोरखा सदरमुकाम आएका मन्त्री गौतमले सिंचाइ बिना कृषिमा विकास नहुने भन्दै भुकम्पले भत्काएका संरचनालाई पहिलो प्राथमिकतामा राख्ने बताएका हुन । ‘गोरखा भुकम्पको केन्द्र जिल्ला पनि हो, यहा धेरे सिंचाईका कुलोहरु भत्किएका छन्, तिनको पुननिर्माण र मर्मतमा काम भैरहेकोछ, अझै प्रभावकारी रुपमा निर्माणको कामलाई अघि बढाउन मेरो बिशेष पहल रहनेछ’ ।

    पहाडी क्षेत्रमा लिफ्ट र थोपा सिंचाईबाट उत्पादन बढाउन सकिने भन्दै उनले गोरखाका छेपेटार, पालुंटार लगायतका ठुला फाँटलाई सिंचित गराउन योजना बनाएर काम थाल्न जिल्लामा रहेको सिंचाई डिभिजनलाई निर्देशन दिएको बताएका छन् । एक फरक प्रशंगमा बोल्दै मन्त्री गौतमले सरकारले मधेशीदल सँग समन्वय र वार्र्ता गरिरहेकाले दुरी घटेको बताउँदै उनले प्रतिपक्षी दललाई पनि राष्ट्रिय सहमतीका लागि लचकता अपनाउन र संविधान कार्यन्वयनमा सबैलाई एक जुट भएर सरकारलाई सहयोग गर्न अनुरोध गरे ।

    संबिधान बेद, गिता जस्तो नभएकाले समयानुकुल परिमार्जन गरेर अघि बढ्नु पर्नेमा समेत उनले जोड दिए । शनिबार देखि तिन दिनसम्म रानीपोखरीमा चल्ने तिज मेलाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गौतमले महिलालाई घर भित्र मात्रै सिमित नभई उद्यमी भएर समाजमा चिनिन आग्रह समेत गरे ।

    महिला उद्यमी बिकास समिति गोरखाकी अध्यक्ष बिष्णु मास्केको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाली कांग्रेसका जिल्ला सभापति हरिबहादुर घले, नेकपा एमालेकी सम्झना देवकोटा, उद्योग बाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी, पत्रकार महासंघका अध्यक्ष किशोरजग थापा लगायतले धारणा राखेका थिए ।

    मेलाको उद्घाटन कार्यक्रममा बोल्नेहरुले तिजगित प्रतियोगिताले महिलाहरुको हक अधिकार र समाजमा अगाडी बढ्न महत्वपूर्ण भुमिका खेल्ने अवसर सिर्जना गर्न मद्धत पुग्ने धारणा राखेका थिए ।

    यस्तै तिज मेलामा घरेलु उद्योगबाट उत्पादित ढाकाका उत्पादन सँगै खानाका स्टल पनि राखिएको छ । महिलाहरुलाई उद्यमी बनाएर स्वरोजगार बनाउने उद्देश्यले मेला आयोजना गरिएको महिला उद्यमी बिकास समितिकी अध्यक्ष मास्केले बताएकी छिन् । मेलाको अवसरमा रानीपोखरी परिसरमा डुङ्गा सयर गर्न पाउने ब्यवस्था समेत मिलाइएको छ ।

     मेलाको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर किर्तिमान कायम गरेकी गोरखाकी २३ वर्षिय युवती नानीमाया गुरुङलाई महिला उद्यमी बिकास समितिले सम्मान गरेको छ । त्यस्तै ढाका ब्यवशायी रुपा गुरुङ, सौन्दर्य कला ब्यवशायी रिना गुरुङ र सिलाई कटाई ब्यवसायी रोजीना श्रेष्ठलाई सफल उद्यमीको रुपमा समितीले प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.