- तिन दिन विविध कार्यक्रम गरी मनाईने
कैलासबावु श्रेष्ठ/गोरखा
साउन २६ गते । गोरखा सदरमुकामको रानी पोखरी परिषरमा गर्न लागेको तेस्रो तिज मेला २०७४ को तयारी पुरा भएको छ । गोरखा उद्योग बाणिज्य संघ अन्तरर्गत रहेको महिला उद्यमीहरुले आयोजना गरेको मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
साउन २८ गते देखी ३ दिन सम्म चल्ने मेलाको लागि सबै तयारी पुरा भएको आयोजक संस्था महिला उद्यमी बिकास समितिका अध्यक्ष विण्णु मास्केले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

३ दिन सम्म विविध कार्यक्रम गरी भब्य रुपमा मनाउन लागिएको मेलामा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ । मेलामा २० स्टल निर्माण भएको भन्दै १२ स्टलमा महिलाहरुले उत्पादन गरेका सामाग्री प्रर्दशन गरीनुका साथै खानाको ४ स्टल र अन्य स्टलमा शिप मुलक सामाग्रीहरु प्रर्दशन गरीने आयोजक संस्थाले जानकारी दिएको छ ।

तयारी पुरा भएको भन्दै मेलामा सहभागी हुनका लागि अहिले सम्म ८ समूहले र नगरपालिका भित्रको मावि स्तरीय नृत्य प्रतियोगिताका लागि ४ स्कुलले नाम दर्ता गराई सकेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

कार्यक्रममा हाँस्य कलाकारहरुको पनि प्रस्तुती रहने भएको छ ।

कार्यक्रम
२८ गते
- झाकी सहितको रयाली
- उदघाट्न कार्यक्रम
- राष्ट्रिय कलाकारहरुको प्रस्तुती
- स्थानिय कलाकारहरुको प्रस्तुती
- गोरखा ताराको प्रस्तुती
२९ गते - स्थानिय कलाकारहरुको प्रस्तुती
- राष्ट्रिय कलाकारहरुको प्रस्तुती
- माबि स्तरीय नृत्य प्रतियोगिता
- हाँस्य कलाकारहरुको प्रस्तुती
- दर खाने कार्यक्रम
३० गते - अतिथी तथा स्थानिय कलाकारहरुको प्रस्तुती
- तिज गित प्रतियोगिता
- महिला उद्यमी तथा आरोहीलाई सम्मान
- पुरस्कार बितरण तथा समापन कार्यक्रम


