कैलासबावु श्रेष्ठ/गोरखा
साउन २५ गते । दिवङ्गत भएकाको स्मृतिमा साउन शुक्ल प्रतिपदाका दिन मङ्गलबार गोरखाको नेवारवस्तीहरुमा गाईजात्रा मनाईएको छ ।
जात्राको दोस्रो दिन आज भने हिले जात्रा मनाईने गर्दछ । काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको अकल्पनीय मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै हाम्रामात्र होइन, दुनियाँका सन्तानको पनि मृत्यु हुने गर्छ भन्ने सन्देश दिन राजाले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन उर्दी दिएपछि यसै उर्दीले कालान्तरमा जात्राको स्वरूप लिएको ईतिहास पाउछौ ।

हिजो देशै भरीका नेवार समुदायले मृतकको स्मृतिमा विभिन्न झाँकीसहित जात्रा निकाले । त्यस्तै गरी गोरखाको पनि नेवारहरुको ठुलो वस्ती रहेको गोरखा बजार, घ्याम्पेशाल, आरुघाट, छेवेटार, पालुङ्गटार, आँपपिपल, भच्चेक जस्ता दर्जनौ स्थानमा मृतकको तस्बिरसहित गाईको झाँकी निकालिएको थियो । यता बिहानै गाई निकालेर नजिककैको मन्दिरमा गई परिक्रमा गर्ने चलन अद्यपि जीवन्त छ ।

नेवारी समुदायमा यो जात्रालाई सापारु (सा भन्नाले गाई र पारु भन्नाले पूर्णिमा) भनिन्छ । दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृ मोक्ष हुन्छ भन्ने मान्यता रही आएको छ ।
आउनुहोस गोरखा बजारको विभिन्न क्षेत्रमा निकालीएको गाई जात्राको तस्बिर हेरौ ।














तस्विर र शब्द : कैलासबावु श्रेष्ठ/गोरखा



