मोहसिन अलि मियाँ/गोरखा
साउन २१ गते । जिल्लामा मकैको उत्पादन बढेको छ । आर्थिक बर्ष २०७२÷७३ को तुलनामा २०७३÷७४ मा झण्डै साडे ६ हजार मेट्रिक टन मकै उत्पादनमा बृद्धि भएको हो ।
यस बर्ष जिल्लामा ५१ हजार ७ सय १८ मेट्रिक टन मकै उत्पादन भएको छ । अघिल्लो बर्ष ४५ हजार ४ सय ९२ मेट्रिक टन उत्पादन भएको गोरखामा यस बर्ष मौसम राम्रो भएकाले उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘यो बर्ष मकैको उत्पादन बढ्नुमा सबैभन्दा पहिलो त मौसम अनुकुल भइदियो, मकैलाई चाहिने आवस्यक पानी प¥यो, त्यै भएर पनि मकै राम्रो फल्यो’ वरिष्ठ जिल्ला कृषि विकास अधिकृत याम कुमार श्रेष्ठले भने ।
जिल्लामा १९ हजार १ सय ५५ हेक्टर क्षेत्रफलमा मकै खेति गरिने कार्यालयको तथ्याङ्क छ । जस अनुसार २ दशमलव ७ मेट्रिक टन मकै प्रति हेक्टर जमिनमा उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । अघिल्लो बर्ष २ दशमलव ३ मेट्रिक टन मकै प्रति हेक्टर जमिनमा उत्पादन भएको थियो । तर मकै उत्पादनको क्षेत्रफल भने यस बर्ष घटेको छ । अघिल्लो बर्ष १९ हजार ३ सय ६५ हेक्टर जमिनमा मकै लगाइएको थियो । अघिल्लो बर्षको तुलनामा यस बर्ष २ सय १० हेक्टर जमिनमा मकै लगाइएको छैन ।
उत्पादन क्षेत्र घटे पनि यस बर्ष मकैको उत्पादन भने बढेको हो । मकैलाई आवश्यक रासायनिक मल समयमै उपलब्ध भएकाले पनि उत्पादन बढेको हुन सक्ने कार्यालयले अनुमान लगाएको छ । अघिल्ला बर्षहरुमा आवस्यक परेका बेला मलको चरम अभाव भोग्नु पर्ने बाध्यता रहेकोमा यो बर्ष त्यो अवस्था नआएको कार्यालयको दावी छ । ‘यो बर्ष हामीले किसानलाई रासायनिक मल अभाव नहोस भनेर समयमै मल ल्याउन सहजिकरण ग¥यौ, सहकारीमा समयमै मल आयो र किसानले मल पाए’ वरिष्ठ कृषि अधिकृत श्रेष्ठको भने ।
यसबर्ष कार्यालयले समयमै किसानलाई उन्नत जातका बिउ वितरण गरेकाले पनि जिल्लामा मकैको उत्पादन बढेको कार्यालयले जनाएको छ । किसानले प्रयोग गर्दै आएको स्थानीय बिउ बिस्थापन गर्दै उन्नत जातको बिउ प्रयोग भएकाले पनि मकै बढि फलेको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत भवनाथ देवकोटा बताउछन् ‘यो बर्ष हामीले किसानलाई २४ टन उन्नत जातको मकै दियौ, जिल्लामा भका एनजियो/आइएनजियोले पनि बाडेका छन्, त्यसैले पनि यो बर्ष मकै धेरै फल्यो ।’
उन्नत जातको बिउले लोकल बिउको भन्दा १५ प्रतिशत बढि उत्पादन दिने कार्यालयको दावी छ । कृषि विकास मन्त्रालयले सिड भिजन अन्तरगत सन २०२५ सम्म २५ प्रतिशत किसानलाई उन्नत जातको बिउको पहुँचमा पु¥याउने लक्ष्य लिएको कार्यालयका अधिकृत देवकोटाको भनाई छ ।
जिल्लाको छोप्राक, पालुंटार, हर्मी, गाँखु, बुंकोट, अश्राङ लगायतका क्षेत्रलाई मकै बढि उत्पदान हुने क्षेत्रका रुपमा लिने गरिन्छ । बिशेष गरेर गोरखाका किसानले रामपुर कम्पोजिट, मनकामना १, २ ३ र ४, अरुण, र उच्च भेगमा गणेश जातको मकै बिउ प्रयोग गर्ने गरेको कार्यालयको भनाई छ ।
गोरखामा मकै खेती फस्टायो
गोरखामा मकै खेती फस्टायो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


