मोहसिन अलि मियाँ/गोरखा
साउन २२ गते । जिल्ला समन्वय समिति गोरखामा निर्विरोध निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सदरमुकाममा एक औपचारिक कार्यक्रमका विच मुख्य नि र्वाचन अधिकृत एवम जिल्ला न्यायधिस बसन्त राज पौडेलले जिसस गोरखाको सभापति अशोक गुरुङ र उपसभापति जानुका अधिकारीलाई सपथ खुवाएका हुन् ।

त्यस्तै सभापति गुरुङले समितिको सदस्यहरु मान प्रसाद धिताल र इन्द्र गुरुङ, राजु गुरुङ, छेवाङ ग्याल्जेन लामा, उजेली माया राना मगर र टेक बहादुर बराम एवं लक्ष्मी थापा मगर लाई सपथ खुवाएका थिए ।
स्थानीय विकास अधिकारी नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

पदभार सम्हाल्दै जिल्ला समन्वय समितीका सभापति गुरुङले सबैको साझा ब्यक्ति भएर काम गर्ने बताएका छन् । काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएता पनि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता ब्यतm गरेका छन् । बिशेष गरेर जिल्लाको पुननिर्माणको कामलाई प्राथामिकतामा राखेर काम अघि बढाउने उनको भनाई छ ।
जिल्लामा काँग्रेसको स्पष्ट बहुमत भएपछि अन्य दलले भने समन्वय समितिमा उम्मेदवारी नै दिएनन् । ११ स्थानिय तह रहेको गोरखामा २२ जनाको जिल्ला सभा रहेको त्यसमा १६ काँग्रेस र ६ माओवादीका उम्मेदवारले जितेका हुन् ।


