गोरखा समाचार
साउन १७ गते । जिल्ला निर्वाचन कार्यालयले स्थानिय तहबाटै फोटो सहितको मतदाता नामावलीको काम सुरु गरेको छ । निकट भविष्यमा हुने प्रदेश तथा संसदको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयबाट मात्र फोटो खिचाउन पाउने व्यवस्था मिलाइएको थियो । राज्य सघिंयतामा गएर स्थानिय तहको निर्वाचन सम्पन्न भईसक्दा पनि नामावलीमा नाम लेखाउन जिल्ला सदरमुकाममा आउनु पर्ने भन्दै आलोचना भएपछि उक्त स्थानिय तहको केन्द्रबाट नामावली संकलनको व्यवस्था मिलाईएको हो ।‘निर्वाचन सकिएपछि आयोगको निर्देशन अनुसार नामावली संकलनको काम गरेका थियौ, पछि फेरी स्थानिय तहमा टोली पठाउने निर्देशन आयो सोही अनुसार काम थालेका छौ’ जिल्ला निर्वाचन प्रमुख राजेन्द्र पोखरेलले भने ।
हरेक स्थानीय तहको केन्द्रमा फोटो सहितको मतदाता नामावली संकलनका लागि टोली पठाईएको छ । उक्त टोली साउन मसान्त सम्म त्यहाँ रहनेछन् ।‘निर्वाचनको मिति घोषणा भएको मितिबाट यो कार्य स्वतःबन्द हुन्छ अरु बेलामा कार्यालयमा आएर नाम लेखाउन सकिनेछ’ पोखरेलले भने ।
अर्को निर्वाचनको मिति घोषणा नभए सम्म कार्यालय भने सधै फोटो सहितको नामावली संकलन गर्न पाउने व्यवस्था मिलाईएको पोखरेलले बताए ।स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम छुटेका तर १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकतले फोटो खिचाउन पाउनेछन् । आफ्नो गाउँ वा नगरपालिकाको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नमावलीमा नाम लेखाउन सकिनेछ ।
स्थानिय तहको निर्वाचन पछि मात्र जिल्लाका २ हजार ४ सय ८७ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएका छन् ।
स्थानीय तहबाट मतदाता नामावली संकलन सुरु
स्थानीय तहबाट मतदाता नामावली संकलन सुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


