गोरखा समाचार/गोरखा
साउन १७ गते । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसको एकल दिएको काँग्रेसका उम्मेदवारको बिरुद्धमा कुनै पनि दाबी बिरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
आईतबार अपराह्न्न प्यानस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर काँग्रेसले उम्मेदवारी दर्ता गराएका हुन । काँग्रेसले सभापतीमा अशोक गुरुङ र उपसभापतिमा जानुका अधिकारीलाई उम्मेदवार बनाएको छ । यसैगरी सदस्यहरुमा गोरखा नगरपालिाकाकी लक्ष्मी थापा मगर, अजिरकोटकी इन्द्रा गुरुङ र मानप्रसाद धिताल, सुलिकोटकी उजेली राना र तेज बहादुर बराम, आरुघाटका राजु गुरुङ, चुमनुब्रीका छेवाङ ग्याल्जेन लामाले उम्मेदवारी दर्ता गराएको घिमिरेले जानकारी दिए । उनीहरुका लागि सोमबार दाबी बिरोध,उम्मेदवारी फिर्ता र प्राप्त दाबी बिरोधको लागि सुनँुवाईको समय छुट्याइएकोमा कसैको पनि निवेदन नपरेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताए ।
गुरुङ सिरानचोक गाउँपालिका(१ केराबारी र अधिकारी शहीद लखन गाउँपालिका–८ बाट बुंकोटबाट सदस्यमा विजयी भएका हुन् । ११ वटा स्थानिय तह रहेको यहाँ २२ मतदाता छन् । ९ तहमा प्रमुख र ७ मा उपप्रमुख जितेको काँग्रेसका १६ भोट छ भने २ तहमा प्रमुख र ४ उपप्रमुख जितेको माओवादी केन्द्रको ६ भोट छ । समन्वय समितिमा काँगेसको बहुमत भएकोले हार्ने निश्चित भएपछि आफूहरुले उम्मेदवारी दर्ता नै नगराएको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ । काँग्रेससँग मिलेर २ सदस्य माग गरेको माओवादीले अन्ततः काँग्रेस नमानेपछि उसले उम्मदवारी नै दर्ता नगराएको कांग्रेसका एक नेताले गोरखा समाचारलाई बताए । अन्यदलले उम्मेदवार बन्न पाए पनि भोट नपाउने देखिएपछि मनोनय दर्ता नगराएका हुन् । समन्वय समितिको निर्वाचनमा गाउँ तथा नगरसभाका सदस्यले उम्मेदवार बन्न पाउने र गाउँ तथा नगरका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने कानूनी व्यवस्था छ ।
यता जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसको मात्र एकल उम्मेदवारी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय छलफलमा जुटेको छ ।‘एकल उम्मेदवारी परे पनि अन्य निर्वाचनको जस्तो प्रक्रिया त पुरा गर्न परिहाल्यो घोषणा कहिले गर्ने भन्ने कुरा अहिले स्पष्ट भईसकेको छैन् ।’ मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले भने ।
स्थानिय तह निर्वाचन निर्देशिका २०७४ मा एकल उम्मेदवारी परे के गर्ने भन्ने स्पष्ट सँग उल्लेख नभएकाले निर्वाचन आयोगसँग रायपरामर्श भईरहको पौडेलले बताए । आयोगसँगको परामर्श गरिरहेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले आज नै निर्वाचनको नजिता सार्वजानिक गर्ने तयारी गरेको छ ।
समन्वय समितिका उम्मेदवारबिरुद्ध दाबी बिरोध परेन
समन्वय समितिका उम्मेदवारबिरुद्ध दाबी बिरोध परेन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


