नरेन्द्र ढकाल/गोरखा
साउन १७ गते । नयाँ आर्थिक वर्ष सुरु भए सँगै निजि आवास अनुदान वितरणको काम ठप्प भएको छ । जिल्लामा पुनःनिमार्णको काम गरिरहको सरकारी कार्यालयको भूमिका के हुने भन्ने विषयमा अन्यौलता बढेपछि पिडित अनुदान पाउनबाट बञ्चित भएका हुन् ।‘हाम्रो खातामा पैसा आएको छैन्, असार मसान्त सम्म रकम आएको थियो हामीले नै बितरण गरेका थियौ’ जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नारायण आर्चायले भने ।
स्थानीय तहको निर्वाचन पछि मातहतका कार्यालयको भूमिका के रहने भन्ने अन्यौतलाका कारण पुनःनिर्माणको काम ठप्प भएको हो । सरकारले यस अघि साबिकको जिल्ला बिकास समिति मार्फत पिडितका लागि अनुदान रकम जिल्लामा पठाउने गर्थो अब सिधै स्थानिय तहको खातामा बजेट जाने की ? समन्वय समितिमा आउने ? भन्ने स्पष्ट नहुँदा अन्यौलता बढेको हो ।‘प्राधिकरण सिइओ साप यहीँ आएर स्थानिय तहको खातामा रकम पठाउँछौ भन्नुभएको थियो, निजि आबास अनुदानको काम अब जिससले गदैन’ आर्चायले भने ।
यता स्थानिय तहको खातामा समेत निजि आबास अनुदानको रकम गएको छैन् । केही समय अघि गोरखाका आएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर गोबिन्द पोखरेलले सबै स्थानिय तहका प्रमुखहरु छलफल गर्दै अनुदानका रकम सिधै स्थानिय तहको खातामा पठाउने बताएका थिए । तर अहिले सम्म रकम नआएको स्थानिय तहका प्रमुखहरुले बताएका छन् ।‘हाम्रै खातामा रकम पठाउने भन्ने कुरा थियो, तर अहिले सम्म आएको छैन’ सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले भने ।
यता जिल्लामा रहेका आयोजना कार्यान्वयन इकाईहरुलाई पनि अन्यौलमा छन् ।‘नयाँ सघिय व्यवस्था अनुसार जिल्लामा डिएलपिआइयु रहने नरहने केही निर्णय भएको छैन, त्यहि भएर तेस्रो किस्ताको सिफारिस पनि दिन सकेका छैनौ ।’ कार्यालयका निमिक्त प्रमुख राजेन्द्र कार्कीले भने ।
भूकम्प पछि ध्वस्त संरचनाको पुनःनिर्माणको कामलाई सहज र ब्यवस्थित बनाउन उदेश्यले जिल्ला आयोजना कार्यान्वयन इकाइ (डिएलपिआइयु) स्थापना भएको थियो । तर अहिले कार्यालय कहाँ रहने भन्ने अन्यौलले काम अघि बढ्न नसकेको राष्टिूय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाले जनाएको छ ।
असार मसान्त सम्म भूकम्पपिडितलाई तेस्रो किस्ताको सिफारिस दिएको भएपनि साउनबाट भने सिफारिस ठप्प छ । यससंगै जिल्लाको पुनःनिर्माण काम प्रभावित भएको छ । ‘स्थानीय बिकास मन्त्रालयले निर्वाचन लगत्तै जिल्लामा डिएलपिआईयु नरहने भनिसकेको छ,अर्को निर्णय भएको छैन’ कार्यालयका निमिक्त प्रमुख कार्कीको भनाई छ ।
सरकारले समयमै निर्णय गर्न नसकदा जिल्लाका भुकम्प प्रभावितले भने सास्ती भोग्नु परेको छ । पहिलो र दोस्रो किस्ता लिएर घर बनाउन थालेका पिडितहरु तेस्रो किस्ताको रकम नपाउदा निर्माणको काम सकेत ठप्प हुने अवस्थामा पुगेको गुनासो गर्छन ।‘घर बनिसक्यो पैसा पाईएको छैन, चुनाव पछि त झन सिफारिस पनि रोकिएको छ रे’ जिल्ला सदरमुकाममा भेटिएका पालुङटार नगरपालिका कृष्ण रानाले भने ।
असार मसान्तसम्म जिल्लामा ५९८ घर तेस्रो किस्ताको लागि सिफारिस भए पनि सबैको खातामा रकम पुग्न नसकेको प्राधिकरण कार्यालयले स्विकार गरेको छ ।


