कैलासबावु श्रेष्ठ/गोरखा
साउन १३ गते । उत्तरी गोरखाको केरौजामा एक महिलाले बच्चा जन्माउन नसके पछि जिल्ला स्वास्थ्य कार्यालय गोरखाको समन्वयमा हेली बाट राजधानी लगिएको छ । राजधानी पुरयाईएकी उत्त महिलाको तत्कालै शल्यक्रिया गरी बच्चा निकालीएको थियो ।

गएको ५ दिन देखी बच्चा जन्माउने ब्यथा लागेकी केरौजा गाउँकी ४२ बर्षिय संगिता गुरुङ्गलाई हेली एभरेष्ट मार्फत उद्वार गरी टिचिङ्ग पुरयाईको छेकम्पारका धावा ग्याल्जेन लामाले टेलिफोन मार्फत जानकारी दिएँ । उद्वारका लागि राजधानी देखी बिहान ७ः३० बजे उडेको हेली मौषम खराब भए पछि खोर्लामा रोकिएर बसेको थियो ।

मौषम सफा भए संगै उनलाई दिउसो १ बजे टिचिङ्ग अस्पताल पुरयाईएको थियो ।

स्थानिय स्वास्थ्यकर्र्मीहरुले बच्चा जन्माउनका लागि बाहिर जानुपर्ने बताए पनि गरिबीका कारण जान नसके पछि जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा हेली मार्फत राजधानी लगिएको जिल्ला स्वास्थ्य प्रमुख केदाराज पराजुलीले बताए । ‘हेलीको पैसा १ महिना पछाडी दिने शर्तमा उत्त महिलालाई केरौजा बाट राजधानी लगिएको हो । भएको पैसा गत बर्ष नै सकियो यो आर्थिक बर्षमा आउने पैसाले हेलीको बिल भूक्तानी गरौला भने’ स्वास्थ्य प्रमुख पराजुलीले ।

४२ बर्षिया संगिताको यो भन्दा अगाडी नै ६ बच्चा भैसकेको छ ।


तस्बिर सौजन्य धावा ग्याल्जेन लामा र केदारराज पराजुली




















