नरेन्द्र ढकाल/गोरखा
साउन ८ गते ।पालुङटारलाई व्यवस्थित शहरको रुपमा विकास गर्ने योजनाका सहित निति तथा कार्यक्रम सार्वजानिक भएको छ । गोरखाको दोश्रो नगरपालिका पालुङटारको लागि आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै नगरप्रमुख दिपक बाबु कंडेलले नगरपालिकाको समग्र गुरुयोजना बनाई व्यवस्थित शहरको रुपमा विकास गर्ने नीति अवलम्बन गर्ने बताएका हुन् । त्यस्तै भू उपयोग नीति र जग्गाको बैज्ञानिक बर्गीकरण गर्ने विधि अपनाइने नीति लिइने, ठाँटीपोखरी बजार क्षेत्रलाई आबासिय क्षेत्र घोषणा गर्ने, एकीकृत बस्ती विकास गर्ने जस्ता नीति नगरपालिकाले अघि सारेको छ । आर्थिक वर्ष
२०७४÷०७५ को लागि ४० करोड ९६ लाख १६ हजारको अनुमानित बजेट प्रस्तुत गर्दै नगर प्रमुख कंडेलले नगर सभाको बैठक मार्फत उक्त कार्यक्रम सार्वजानिक गरेका हुन । आन्तरिक श्रोतलाई बलियो बनाउने मुख्य योजना रहेको त्यहाँ करिब १ करोड १५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४५ लाखले बढि हो । त्यसैगरी नगरपालिकाको संचितकोषमा ८४ लाख ३० हजार, नेपाल सरकारको केन्द्रिय अनुदानको वित्तिय समानिकरण तर्फ २१ करोड ७९ लाख १३ हजार तथा सर्शत अनुदान तर्फको १७ करोड १७ लाख ७३ हजार गरी कुल ४० करोड ९६ लाख १६ रुपयाँको अनुमानिय बजेट प्रस्तुत गरिएको छ । पालुङटार नगरपालिकालाई नेपालकै व्यवस्थित एवम् समुन्नत नगरपालिका बनाउने उदेश्यले विभिन्न क्षेत्रमा कार्यरत यस नगरपालिकाका विशिष्ट व्यक्तित्व र बिज्ञहरु सम्मिलित प्राज्ञिक सल्लाहकार परिषद् स्थापना र नियमित अन्तरकृया आयोजना गर्ने जस्ता विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ । पुर्वाधार बिकास देखि दिर्घकालिन महत्वका कृषि, पशुपाल, सिञ्चाइ, वातवारण सरक्षण जस्ता योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । अव्यस्थित शहरीकरण रोक्न प्लटिङलाई व्यवस्थित बनाउने, पर्यटकिय सम्भावनाका क्षेत्रहरुको संरक्षण प्रचार गर्ने, वृद्धवद्धा बालबालिका लगायतका लक्षित वर्गका सबै नागरिकहरुका लागि आकर्षक कार्यक्रम तथा योजना तयार परिएको नगरप्रमुख कंडेलले दाबी गरे । उक्त कार्यक्रमको विस्तृत जानकारी सोमबारको गोरखा समाचारमा प्रकाशित गर्नेछौं ।
पालुङटार नगरलाई देशकै व्यवस्थित शहर बनाइने
पालुङटार नगरलाई देशकै व्यवस्थित शहर बनाइने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


