×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अपाङ्गता परिचयपत्र लिनेको संख्या घट्यो

  •  
  • शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सस्मिता पन्त/गोरखा
    साउन ६ गते । जिल्लामा अपाङ्गता परिचयपत्र लिनेको संख्या घटेको छ । महिला तथा बालबालिका कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ५४४ जनाले परिचयपत्र लिएका छन् । उक्त संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा आधा भन्दा धेरै कम हो । आर्थिक वर्ष २०७२÷०७३ मा १३६० जनाले उक्त परिचयपत्र लिएका थिए । ‘पछिल्लो समय परिचयपत्र बनाउनेहरु थोरै आउनु भएको छ, बिस्तारैै यो क्रम घट्दो छ’ महिला तथा बालबालिका अधिकृत शुसिला वाग्लेले भनिन् ।

    २०६५ सालबाट सरकारले अपाङ्गता परिचयपत्र दिन थाले पछि शुरुका वर्षहरुमा परिचयपत्र बनाउनेको संख्या उल्लेख्य रहेको र अहिले विस्तारै घट्दै गएको महिला बिकास निरिक्षक लिला श्रेष्ठले बताईन् । गत आर्थिक वर्षको पहिलो चौमासिकमा २३६, दोश्रो चौमासिकमा २०१ र तेश्रो चौमासिकमा १०७ जनाले परिचयपत्र बनाएको कार्यालय प्रमुख वाग्लेले बताइन् । कार्यालयले विभिन्न चेतनामुलक कार्यक्रम गरी घुम्ती सेवा मार्फत पनि परिचयपत्र बनाउने अभियान गरिहेको छ । तर अझै पनि अपाङ्गता भएका धेरैले परिचयपत्र नबनाएको उनको भनाई छ । ‘चेतनाको अभावले अझै धेरैले परिचयपत्र बनाउनुभएको छैन’ वाग्लेले भनिन् ।

    फरक क्षमता भएका व्यक्तिलाई राज्यको मुलधारमा ल्याउन विभिन्न खाले सहुलियतका कार्यक्रम ल्याएकाले सबैले परिचयपत्र बनाउनु पर्ने उनको भनाई छ । अपाङ्गता भएका व्यक्तिहरुले आवश्यक सेवा सुबिधा नपाएमा उजुरी दिन सक्ने पनि उनले बताइन् । ‘यदि तपाइहरुले कानून तोके अनुसारको सहुलियत पाउनु भएको छैन भने उजुरी पनि दिन सक्नु हुन्छ, त्यसको लागि हामी पनि समन्वय गछौं’ उनले भनिन् । राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई चार किसिमका कार्डको व्यवस्था गरेको छ ।

    व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्णरूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई रातो रंगमा सुनौला रङको ‘क’ वर्गकोे, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका अतिअशक्त व्यक्तिहरुलाइ नीलो रंगको ‘ख’ वर्गको, कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने मध्यम अपाङ्गता भएकाहरुलाई पहेँलो रङमा नीलो अक्षरले लेखिएको ‘ग’ वर्गको र शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, अपाङ्गता भएका सामान्य अपाङ्गता भएकाहरुलाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिने वाग्लेले बताइन् ।

    उक्त परिचय पत्र प्राप्त गर्नको लागि विशेषज्ञ डाक्टरको सिफारिस अन्य आवश्यक कागजात पेश गर्नुपर्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.