भूकम्प पछि जिल्लामा काम गर्न आएको इको नेपाल नामक सस्थाले खानेपानी निर्माणको कामलाई तिव्रता दिएको बताएको छ । वातावरण तथा बाल सरोकार सस्था नेपाल (इको ( नेपाल) ले ड्यान चर्चएडको साझेदारीमा जिल्लाका विभिन्न ठाउँमा ८८ वटा खानेपानी आयोजना निर्माण गरिरहेको सस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेले बताए । ‘भूकम्पका कारण धेरै ठाउँमा खानेपानीको समस्या भएको कुरा थाहा पायौं, त्यस अनुसार आवश्यक समन्वय गरी काम थालेका हौं ।’ न्यौपानेले भने ।
जस अनुसार गण्डकी गाउँपालिका (साबिकको मकैसिङ, ताङ्गलीचोक, भुम्लिचोक र घ्याल्चोक गाबिसमा) भिमसेन गाउँपालिका अन्र्तगत (बगुवा, धावा) मा खानेपानी आयोजना निर्माणका काम भईरहेको छ । त्यसैगरी वर्लड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा पालुङ्गटार नगरपालिका अन्र्तगत (साबिकको पालुङ्गटार, गाईखु, च्याङ्गली, आँपपिपल गाबिसमा), अजिरकोट गाउँपालिकामा (साबिकको हंसपुर, घ्याच्चोक ) र सिरानचोक गाउँपालिका (सबिकको केराबारी) मा खानेपानी योजना उक्त खानेपानी आयोजना निर्माण गरिएको हो । करिव ७ करोड रुपैयाँको अर्थिक तथा प्राविधिक सहयोगमा साना(ठूला गरेर ८८ वटा निर्माण भएको इको नेपालले जानकारी दिएको छ । अधिकाशं आयोजनाको निर्माण सकिएको र केही भने बन्ने क्रममा रहेको न्यौपानेले बताए ।‘सबैको प्रगतिलाई एकमुष्ट भन्दा झण्डै ८५ प्रतिशत काम सकिएको छ’ उनले भने ।
भूकम्प लगत्तै आफनो कार्यक्षेत्र बनाएको संस्थाले खानेपानी सरसफाइ तथा स्वाच्छता प्रबर्धन, मनोसामाजिक सहयोग, जीविकोपार्जन, विपद् व्यवस्थापन र आवास निर्माणमा प्राविधिक सहयोग समेत ५ वटा क्षेत्रमा काम गरिरहेको संस्थाका अध्यक्ष न्यौपानेले बताए ।
खानेपानी योजना निर्माणसँगै स्वच्छता प्रबर्धनको कामलाई एकसाथ सञ्चालन गरेको इको नेपालले निर्माण भएका योजनाको संरक्षणको बारेमा उपभोक्तालाई आवश्यक ज्ञान एवं सुचना समेत दिएको डीसीए नेपालका कार्यक्रम व्यवस्थापक शिशल अधिकारीले दाबी गरे ।
उपभोक्तको सहभागिता निमार्ण भएका आयोजनाहरुलाई उनीहरुको अपनत्व ग्रहण हुन गरी काम गरिएको वर्लड भिजन इन्टरनेसनल गोरखा जिल्ला व्यवस्थापक कृष्ण शाही बताए ।
हामीले पारदर्शीता र जबाफदेहिता लाई आधार बनाएर उपभोक्ताकै अपनत्व हुने गरी काम गरेका छौ’ उनले भने । भूकम्प पछि जिल्लाका विभिन्न ठाउँमा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानी निर्माणलाई तिव्रता दिईएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जानकारी दिएको छ ।




















