×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कर्जा संकट र कारणहरु

  •  
  • मङ्गलबार, साउन ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बुद्वि मल्ल

    जुन १९३२ बैंकिङ्ग क्षेत्रको लागि एकदमै खराब समय रह्यो । अमेरीकाको सिकागोका बैंकहरु नराम्रोसंग संकटमा परे र ति बैंकहरु ३ बर्गमा बिभाजन गरिए । १. नराम्रोसंग असफल २. असफल र ३. सुधारयोग्य । यि बैंकहरु असफल हुनुको मुख्य कारणहरुमा बैंकको सम्पत्तीको गुणस्तरमा कमि हुंदै जानु, बैंकहरुप्रति जनताहरुको बिश्वासमा कमि हुनु र कृषि क्षेत्रको आम्दानीमा कम हुनु आदि मानिएको छ ।
    गृहयुद्ध भन्दा पहिला अमेरिकामा पटक पटक बैंकिङ्ग क्षेत्रमा संकट आएको थियो । अमेरिकाको बैंकिङ्ग इतिहासमा अमेरीकी बैंकिङ्ग संकटलाई ६ घटनामा बर्गिकरण गर्न सकिन्छ, १८१४, १८१९, १८३७, १८५७ र १८६१ । १८८० मा ल्याटिन अमेरिकाले बचत तथा कर्जा सकट भोग्नपरयो । त्यसबखत ७०० भन्दा बढि बचत तथा कर्जा लगानी गर्ने संस्थाहरुमा संकट आएको थियो । संकट परेका संस्थाहरुले छोंटो अवधिको बचत स्विकार गरेर लामो समयावधिको कर्जा प्रवाह गर्नु नै संकटको मुख्य कारण थियो ।
    ल्याटिन अमेरिकी बैंकहरुको संकटको १५ बर्षपछि एशियाका बिभिन्न देशहरुमा संकट देखा पर्न थाल्यो । दक्षिण कोरिया, इन्डोनेशिया, हंङ्गकंङ्ग, लाओस, मलेशियाले सन् १९९७ र १९९८ मा ल्याटिन अमेरीकाले भोगेको जस्तै समस्या भोग्नुुपर्यो भने त्यसको ठिक एक बर्षपछि रसीयाले पनि उहि समस्या भोग्नुप¥यो । १५ सेप्टेम्बर २००८ मा अमेरिकाको इन्भेष्टमेन्ट बैंक लेम्यान ब्रदर्श टांट पल्टियो । सञ्चालनको १५८ बर्षपछि लेम्यान ब्रदर्श रियल स्टेट क्षेत्रमा ठुलो मात्रामा कर्जा लगानी गरेको कारणले कर्जा उठ्न नसकी ठुलो मात्रामा नोक्शानी ब्यहोर्नु पर्दा टांट पल्टनु पर्यो । रियल स्टेट क्षेत्रमा भएको अधिक कारणले गर्दा सन् २००७(२००८ मा बिश्वब्यापि रुपमा आर्थिक संकट ल्याउन प्रमुख कारक बन्न पुग्यो ।
    जनवरी २००९ मा सिटी बैंकले एकदमै ठुलो घाटा ब्यहोनुप¥यो । ब्लुमबर्ग न्यूज अनुसार त्यतिबेला अमेरीकाका ठुला बैंकहरुको दायित्व उनिहरुको सम्पत्ती भन्दा दोब्बर भएको थियो भने अन्य बैंकहरुको टांट पल्टिने अवस्थाको नजिक पुगेका थिए ।
    १९९५ मा जापानका बैंकहरुमा संकट देखियो । रियल स्टेट कर्जाहरुमा भएको बिश्वब्यापी असरले जापानलाई पनि असर गर्यो र फलस्वरुप करिब १०० टिूलियन येन बराबरको रकम निष्क्रिय कर्जा देखा पर्यो र प्रमुख २१ बैंकहरु मध्ये १३ वटा बैंकहरु टांट पल्टिए ।
    नेपालमा पनि बित्तीय क्षेत्र सुधार कार्यक्रम अघि सरकारी स्वामित्वका बैंकहरुको निष्क्रिय कर्जा निकै धेरै थियो । तर बित्तीय क्षेत्र सुधार कार्यक्रम अघि ६०.४७ प्रतिशत रहेको नेपाल बैंक लिमिटेडको निष्क्रिय कर्जा २०७३ असारमा २ं.७२ प्रतिशत रहेको छ भने ६०.१५ प्रतिशत रहेको राष्टिूय बाणिज्य बैंकको निष्क्रिय कर्जा २०७३ असार मसान्तमा ३.९५ प्रतिशतमा झरेको छ । यि दुबै बैंकमा क्रमश सन् २००२ र सन् २००३ मा सुधार कार्यक्रम अन्तर्गत ब्यवस्थापन बिदेशीलाई दिईएको थियो । यसरी नै कृषि बिकास बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जामा पनि राम्रो सुधार भएको छ । बैंक तथा वित्तीय संस्थाहरु एकदमै जोखिमयुक्त ब्यवसाय हुन् । बैंक तथा बित्तीय संस्थाहरुमा आउने जोखिमहरुमध्ये कर्जा जोखिम सबैभन्दा उच्च जोखिम हो र यसले एउटा बैंक तथा बित्तीय संस्थाहरुलाई मात्रै असर पार्ने नभई समग्र राष्ट्रको अर्थतन्त्र तथा अन्तराष्टिूय अर्थतन्त्रलाई समेत असर पु¥यांउदछ । बिभिन्न देशहरुमा बिभिन्न समयमा फरक फरक अवस्थाबाट बैंक तथा बित्तीय संस्थाहरुमा संकट आउने गरेको देखिन्छ जसमध्ये रियल स्टेट क्षेत्रमा अत्याधिक लगानीले बिश्वब्यापी रुपमा सबैभन्दा ठुलो समस्या निम्त्याएको देखिन्छ । केहि देशहरुमा छोंटो अवधिको निक्षेप संकलन गरेर लामो अवद्यिको कर्जा लगानी गरेर तरलता ब्यवस्थापनमा समस्या उत्पन्न भइ संकट उत्पन्न भएको पनि देखिन्छ । जुनसुकै कारणले गर्दा भएपनि कर्जामा समस्या आउने अवस्था आयो भने बैंक तथा बित्तीय संस्था राम्रोसंग सञ्चालन हुन सक्दैन । सामान्यतय कर्जाको गुणस्तर कर्जाको निष्क्रिय कर्जाबाट मापन गरिन्छ तर, यो पूर्ण बिद्यि भने होइन । आन्तरिक तथा बाह्य दुबै बातावरणले गर्दा जोखिम उत्पन्न हुन्छ यद्यपि, निष्क्रिय कर्जा कम भएमा बैंक तथा बित्तीय संस्थाको बित्तीय अवस्था राम्रो र बढि भएमा नराम्रो बुझिन्छ र समग्रमा यदि निष्क्रिय कर्जा अत्याधिक बढि भएमा संस्थाको पूंजी पर्याप्तता नै नकरात्मक भई संस्था नै धरायाशयी हुन जाने अवस्था हुन्छ र समग्रमा देशका बैंक तथा बित्तीय संस्थाहरुको कूल निष्क्रिय कर्जा कम भएमा देशको आर्थिक क्षेत्र राम्रो अर्थात अनुकूल रहेको र बढि भएमा देशको आर्थिक क्षेत्र नराम्रो अर्थात प्रतिकूल अवस्था रहेको जनांउदछ । सीमा भट्टराईले २०१४ मा गर्नुभएको अध्ययन अनुसार नेपालको बैंक तथा बित्तीय संस्थाहरुमा निम्न कारणहरुले निष्क्रिय कर्जा बढ्ने गरेको निष्कर्ष निकालिएको थियो । १. कर्जाको ब्याजदर बढेमा, २. उर्जा संकट भएमा, ३.बेरोजगार बढेमा, ४. मुद्रास्फिती बढेमा, ५. कूल ग्राह्स्र्थ उत्पादन घटेमा, ६.बिदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएमा, ७. सरकारी खर्च कम भएमा, ८. ऋणीहरुको इमान्दारीतामा कमि भएमा,  मनसुन राम्रो नभएमा, १०. नियमन र सुपरिवेक्षणमा कमि भएमा र ११. राजनिती स्थायित्व नभएमा ।
    कुनै पनि कारणले निष्क्रिय कर्जा बढ्नु बैंक र देशको लागि नराम्रो हुने भएकोले बैंक तथा बित्तीय संस्थाहरुमा यथेष्ट कर्जा जोखिम ब्यवस्थापन गर्नु जरुरी हुन्छ । निष्क्रिय कर्जा धेरै भएको बैंक तथा बित्तीय संस्थाहरुले बिस्तारै जनताको बिश्वास गुमाउंदै जान्छन र फलस्वरुप निक्षेपकर्ताहरुले त्यस्ता संस्थाहरुमा निक्षेप राख्न छाडिदिन्छन् र राखिसकेको निक्षेप समेत निकालेर अन्य उपयुक्त, बिश्वासिलो बैंक तथा बित्तीय संस्थाहरुमा निक्षेप राख्छन् ।
    नेपालमा पनि बिभिन्न समयमा बिभिन्न बैंक तथा बित्तीय संस्थाहरु संकटमा पर्न गएको छ र अधिकांश संकटग्रस्त बैंक तथा बित्तीय संस्थाहरु कर्जामा समस्या आएको कारणले गर्दा संकटमा पर्न गएको अध्ययनले देखाउंछ । नेपाल राष्ट्र बैंकले २०७३ असार मसान्तमा ११ वटा वित्तिय संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्यागस्त घोषणा गरिएका संस्थाहरु नेपाल शेयर मार्केट्स एण्ड फाईनान्स लिमिटेड, क्रिष्टल फाईनान्स लिमिटेड, कुवेर मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स लिमिटेड, वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स लिमिटेड, जनरल फाईनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल फाईनान्स लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, अरुण फाईनान्स लिमिटेड र ललितपूर फाईनान्स लिमिटेड सबैमा कर्जामा समस्या आएर निष्क्रिय कर्जा बढि पुंजी पर्याप्ता नकरात्मक भएको कारणले समस्याग्रस्त घोषणा गरिएका थिए भने ४ वटा वित्तीय संस्थाहरु नेपाल विकास बैंक लिमिटेड, सम्झाना फाईनान्स लिमिटेड, युनाईटेड विकास बैंक लिमिटेड र हिमालयन फाईनान्स लिमिटेडलाई खारेजी गरिसकेको छ । अहिले नेपाल राष्ट्र बैंकले अरुण फाईनान्स लिमिटेड र जनरल फाईनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाबाट फूकुवा गरिसकेको छ । समस्याग्रस्त घोषणा गरिएका प्राय संस्थाहरुमा कर्जाको दुरुपयोग, संस्थागत सुसाशनको कमि देखिएको पाईएको छ । समग्रमा नेपालमा बैंक तथा वित्तीय संस्थाहरुमा संकट आउनुको मुख्य कारणहरु निम्न बमोजिम पाईएको छ ।
    १. आन्तरिक ऋण प्रवाह
    २. नियमन र सुपरिवेक्षणमा कमि
    ३. संस्थागत सुशासनको कमि
    ४. राजनिती प्रभाव
    ५. रियल स्टेट तथा अनुत्पादकत्व क्षेत्रमा अधिक लगानी ६. आन्तरिक नियन्त्रणमा कमि
    ७. आक्रामक बिशाल लगानी
    २०७३ साल पौष मसान्तपछि नेपालमा अचानक कर्जा संकुचनको अवस्था देखा प¥यो । फलस्वरुप एकाएक बैंक तथा बित्तीय संस्थाहरुले भट्टाभट निक्षेप तथा कर्जाको ब्याज बढाउन थाले । केहि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ( कर्जाः निक्षेप+शेयर ईक्विटी) ८० प्रतिशतभन्दा पनि माथी रहन पुग्यो र केहि बैंकहरुले कर्जाहरुमा ३(४ प्रतिशतसम्म ब्याजदर बढाएको समाचारहरु प्रकाशित भए । बैंकहरुले नेपाल राष्टू बैंकले तोके बमोजिमको कर्जा निक्षेप अनुपात ८० प्रतिशत लगानी गरिसकेको हुनाले थप कर्जा लगानी गर्न नसकेको अवस्थामा नयां कर्जा प्रवाह गर्न सकेनन् र कर्जा निक्षेप अनुपात बढि भएका संस्थाहरुले अधिक ब्याजदरमा निक्षेप संकलन गर्न खोजे जसले गर्दा ब्याजदर ह्वात्तै बढ्न पुगेको थियो । भुकम्पपछि थलिएको देशको आर्थिक क्षेत्रमा एकाएक आशाका सकरात्मक बातावरण बन्न पुगेको अवस्थामा बैंकरहरु हौसिएर आक्रमक बिशाल लगानी गर्नु नै कर्जा संकुचनको मुख्य कारण रहेको राष्ट्र बैंकको भनाई रह्यो भने बैंकरहरु भने सरकारी खर्च कम हुनु, रेमिटेन्सको बृद्धि कम हुनु, बिभिन्न कम्पनीहरुको शेयर निष्काशनमा ठुलो रकम लगानी जम्मा हुनु र चुनाव हुने बातावरण बन्दै जांदा बिभिन्न राजनितीज्ञ तथा ब्यक्तिहरुले चुनावको लागि रकम संकलन गर्नु र उक्त रकमहरु बैंक तथा बित्तीय संस्थाहरुमा नआउनु प्रमुख कारक मानेका छन् । अहिले बिस्तारै यो समस्या समाधान हुंदै गईराखेको र बैंक तथा बित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न शुरु गरिराखेको अवस्था छ ।
    ब्याजदर बृद्धिको कारणले गर्दा निष्क्रिय कर्जा बढ्ने सम्भावातर्फ नेपालका बैंक तथा बित्तीय संस्थाहरु सजग रहनु पर्दछ । आउने दिनहरुमा आउनसक्ने यस्ता संकटहरु सामना गर्नको लागि नेपाल राष्ट्र बैंक तथा बैंकरहरु सजग रहि उचित जोखिम ब्यवस्थापन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ । देशमा बाण्ज्यि बैंकहरुले वासल ३ कार्यान्वयन गरिसकेको र नेपालका बैंकहरुको लगानीको राम्रो पोर्टफोलियो ब्यवस्थापन गरिराखेको र नेपाल राष्ट बैंकले समेत निर्देशन जारी गरि नियमन गरेको र अधिकांश लगानी धितो वापत अर्थात सुरक्षण गरिएको लगानी भएको कारणले गर्दा पनि नेपालका बैंक तथा बित्तीय संस्थाहरुले तुलनात्मक रुपमा राम्रो कर्जा जोखिम ब्यवस्थापन गर्न सकेको देखिन्छ । (लेखक ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत तथा पिएचडी बिद्यार्थी हुन् ।)

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.