गोरखा समाचारदाता
साउन ३ गते । जिल्लाका १२ सय भन्दा बढि द्वन्द्व पिडितले क्षतिपूर्ति रकम बुझेका छन् । १० वर्षे शसस्त्र द्वन्द्वका क्रममा प्रभावित परिवारलाई सरकारले विभिन्न र्शीषकमा उपलब्ध गराएको क्षतिपूर्ति रकम १,२४६ जनाले बुझेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ । जसअनुसार द्वन्द्वमा ज्यान गुमाएका २४२ परिवारका आश्रित सदस्यहरुले कुल १२ करोड २० लाख क्षतिपूर्ति रकम बुझेको जिल्ला प्रशासन कार्यालयका लेखापाल हर्क रोकाले जानकारी दिए ।
त्यसैगरी १२० सेना/प्रहरीका परिवारबाट हकवालाले १ करोड ५५ लाख र वेपत्ता २८ जनाको परिवारले १ करोड ५५ लाख रकम बुझेका छन् । द्वन्द्वमा आमा बुबा दुवै गुमाएका २ जना टुहुरा बालबालिकाहरुलाई २०/२० हजारका दरले क्षतिपूर्ति रकम प्रदान गरिएको छ । स्थानीय शान्ति समिति अन्र्तगत नेपाल सरकारको तथ्याङ्कमा द्वन्द्व पिडितको सूचिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको परिवारले १ लाख ५० हजार, सर्वसाधरण तर्फ मृतक एवं वेपत्ता परिवारका सदस्यले ५ लाख र टुहुरा बालबालिकाहरुले २०/२० हजार क्षतिपुर्ति पाएका हुन् । द्वन्द्वमा ज्यान गुमाउनेको परिवारका सदस्यहरुले कुल १५ करोड ५५ लाख ४० हजार क्षतिपूर्ति रकम बुझेको रोकाले जानकारी दिए ।
यसै वीच शसस्त्र द्वन्द्वका क्रममा बिस्थापित भएका ८५४ जनाले पनि रकम बुझेका छन् । स्थानीय शान्ति समितिको तथ्याङ्कमा बिस्तापितको सूचीमा रहेका उनीहरुले २५ हजारका दरले क्षतिपूर्ति रकम बुझेका हुन् । केहीले पहिले पनि रकम लगिसकेकाले उनीहरुलाई उक्त रकममा जोडेर २५ हजार पुरयाईएको र एक पटक पनि रकम नबुझेकाहरुको हकमा भने एकमुष्ट २५ हजार वितरण गरिएको स्थानिय शान्ति समितिका पूर्व संयोजक मोहन प्रकाश पोखरेलले जानकारी दिए । ८५४ जना


