कैलासबावु श्रेष्ठ/गोरखा
साउन ३ गते । जिल्ला सदरमुकाममा विना नम्बर प्लेट नै सवारी साधन चल्ने क्रम तिब्र भएकोे छ । जिल्ला ट्राफिक कार्यालयले कडाई नगर्दा उक्त क्रम बढेको स्थानियको ठहर छ । ‘पुलिसको अगाडी नम्बर प्लेट नै नभएका गाडी गुडिरहेका छन उनीहरु देख्या नदेखै गर्छन’ हरमटारीका एक स्थानीयले भने । पछिल्लो समय जिल्ला भित्रिएका अधिकाशं ट्रिपर, ट्रक, टयाक्टरहरु बिना नम्बर प्लेट नै चलिरहेको प्रत्यक्षर्शी बताएका छन् । यसरी चलेका सवारीले दुर्घटनाको जोखिम बढाएको छ । भूकम्पपछिको पुनः निर्माणको काममा निर्माण सामाग्री ढुवानीको माग बढे पछि जिल्लामा सवारी साधनको संख्या पनि ह्वातै बढेको छ । यता जिल्ला ट्राफिक प्रहरी भने त्यस्ता सवारी चेकजाँचलाई तिब्रता दिएको दाबी गरेको छ । ‘बिना नम्बर प्लेटका सबारी चल्ने समस्या साँचो हो, तिनैहरुलाई हामीले कानूनी दायरामा ल्याएर कारवाही गर्न थालेका छौं’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरिक्षक भोज बहादुर थापाले भने ।
यसको अलवा सडकमा जथाभावी निर्माण समाग्री र पानी चुवाउदै हिड्ने सवारी साधनलाई पनि कारवाही गरिएको उनले बताए ‘हाम्रो काम कानुन कार्यान्वयन गराउनु हो, हामी यो कुरामा प्रतिवद्ध छौं ।’ गएको आर्थिक बर्षमा मात्रै नम्बर प्लेट नै नराखी चलाएका जिप, माईक्रो, ट्रक,ट्रिपर, टेङ्कर, ट्याक्टर, दुई पांग्रे मोटरसाइकल र स्कुटर गरी ७ सय २७ सवारी साधन कारवाहीमा परेको टूाफिक प्रहरीले बताएको छ । कार्यालयको रेकर्ड अनुसार ३ वटा जिप,माईक्रोबस र बस, १ सय ६१ वटा ट्रक, ट्रिपर र टेङ्कर, १ सय ४५ वटा ट्याक्टर र १ सय ६ वटा दुई पांग्रे मोटर साईकल तथा स्कुटर कारवाहीमा परेका हुन । सबै कारवाही पर्नेमा सबै भन्दा धेरै ट्याक्टर त्यस पछि ट्रिपर रहेको थापाले बताए । यसैगरी निर्माण सामाग्री सहित पानी चुहाएर ल्याउने १ सय ७९ ट्रक र ट्रिपर, १ सय ३३ वटा ट्याक्टर पनि कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
केही समय अघि बैङ्क तथा वित्तिय सस्थाले सवारी साधन कर्जा दिन बन्द गरेपछि खरिद प्रक्रियामा रहेका सवारीहरु बढि विना नम्बर प्लेट चलेको ट्राफिकको अनुमान छ । खरीद गरेको सवारी साधान बैंकको प्रकृया पुरा नभएपछि बिक्री गर्र्दा कम्पनीले पैसा नपाउने र नम्बरका लागि पुरै रकम तिर्नु पर्ने प्रावधान छ । त्यसैले पनि नम्बर प्लेट नराखी सवारी साधन चलाउनेको संख्यामा बृद्वि भएको होण्डा हाउसका संञ्चालक रामहरी केसी बताए । ‘चार पांग्रे सवारीलाई नम्बर नभए पनि १ महिना र दुई पाग्रेको हकमा १५ दिन अस्थायी नम्बरले चलाउन पाइन्छ’ उनले भने ‘यातायातमा दर्ता प्रक्रिया पनि लामो छ नम्बर नआउने र अञ्चलीकरणमा ढिलाई हुनाले पनि यो समस्या बढेको हो ।’
बिगतमा बैंकले सवारी साधनमा ८० प्रतिशत सम्म लगानी गर्दै आएको थियो । बैंकको तरलता बढेको भन्दै ५० प्रतिशत लगानी गर्ने निर्णय भए संगै समस्या आएको विक्रेताहरुको तर्क छ । बिक्री गर्ने कम्पनीले कुलपुजीको २० प्रतिशत जम्मा गरे पछि सवारी दिने तर खरीद गर्ने ब्यक्तिले बैंकको कागजी प्रकृया पुरा गर्न महिनौ लाग्दा उक्त समय नयाँ सवारी साधन विना नम्बर प्लेट नै गुड्ने गरेको तर्क उनीहरुको छ ।
विना नम्बर प्लेटका सवारी साधन चल्ने क्रम बढ्दो
विना नम्बर प्लेटका सवारी साधन चल्ने क्रम बढ्दो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


