मोहसिन अलि मियाँ/गोरखा
साउन १ गते । गोरखा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७४/०७५ को लागि अनुमानित रु ६० करोड ६० लाख २८ हजार बजेट सार्वजानिक गरेको छ । नगरको विकासका लागि बिभिन्न १६ शिर्षकमा खर्च हुने गरी सो रकम विनियोजन भएको हो ।
शुक्रबार सदरमुकाममा आयोजित प्रथम नगर सभामा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले नीति तथा कार्यक्रम सार्वजानिक गरेका हुन् । केही नयाँ र केही पुरानै कार्यक्रम समेटिएको बजेट सार्वजानिकिकरण कार्यक्रममा नगरप्रमुख पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा पूर्व मन्त्री एवम सांसद कमला पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सार्वजानिक गरिएको नीति कार्यक्रमहरुमा पुननिर्माण सम्बन्धी, भौतिक पूर्वाधार तथा विकास, खानेपानी सरसफाइ तथा वाताबरण, उद्योग कृषि तथा पशुपालन सम्बन्धी, संस्कृति तथा पर्यटन, विपद ब्यवस्थापनमा बजेट बिनियोजन गरिएको हो ।
त्यस्तै शिक्षा तथा स्वास्थ्य, फुटपाथ तथा ट्राफिक ब्यवस्थापन, सुशासन प्रवद्र्धन तथा सामाजिक सुरक्षा सम्बन्धी, सामाजिक परिचालन तथा गैसस परिचालनमा आगामी बर्षको लागि बजेट छुट्याइएको छ । साथै राजश्व संकलन, लैंगिक तथा सामाजिक समावेशीकरण, सूचना तथा संचार, वस्ती विकास तथा शहरी योजना र खाद्य सुरक्षा तथा पोषण सम्बन्धी बिषयहरु समेटिएको नीति तथा कार्यक्रम नगर प्रमुख पन्तले सार्वजानिक गरेका गोरखा नगरपालिकाका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले जानकारी दिएका छन् ।
विस बर्ष पछि भएको स्थानीय तहको निर्वाचन पश्चात भएको प्रथम नगर भेला कार्यक्रममा प्रमुख अतिथी एवम काँग्रेस नेतृ कमला पन्त, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका उपसचिव बुद्धि दवाडी, नेकपा माओवादी केन्द्रका कृष्ण राना, नयाँ शक्ति पार्टीका ज्ञानेन्द्र कुमाल, स्थानीय विकास अधिकारी नारायण प्रसाद आचार्य, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य एवम नीति थाया कार्यक्रम प्रति आफ्नो धारण राखेका थिए ।
गोरखा नगरपालिकाको बजेट ६० करोड ६० लाख
गोरखा नगरपालिकाको बजेट ६० करोड ६० लाख
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















