×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा मै पहिलो पटक भेडा र बाख्रामा कृत्रिम गर्भाधान

  •  
  • आइतबार, साउन ०१, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    साउन १ गते । जिल्लामा पहिलो पटक भेडा र बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । भैसी र गाईमा मात्र कृत्रिम गर्भाधान गर्दै आएको जिल्ला पशु सेवा कार्यालयले पहिलो पटक भेडा र बाख्रामा उक्त परिक्षण गरेको हो ।‘कृषकहरुबाट बाख्रा र भेडामा पनि एआईको माग आयो सोही अनुरुप कार्यक्रम गरेका हौं’ जिल्ला पशु सेवा अधिकृत जगतबन्धु नेपालीले बताए । कार्यलयले पहिलो चरणमा परिक्षणको रुपमा जिल्ला सदरमुकाममा बाख्रा र घ्याचोकमा भेडामा कृतिम गर्भाधारणको परिक्षण गरेको छ । जसअनुसार आर्थिक वर्ष ०७३/०७४ मा १४३ भेडा र बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा बोयर जातको बाख्राको माग उच्च हुन थाले पछि त्यसको सिमोन (विर्य) ल्याएर उक्त कार्याक्रम सञ्चालन गरिएको जिल्ला पशुु सेवा कार्यालयले जानकारी दिएको छ । ‘उक्त जातको व्याडको माग अत्याधिक आयो त्यसैले हामीले परिक्षणको रुपमा कृतिम गर्भाधारण कार्यक्रम सञ्चालन गरेका हौ’ बरिष्ठ पशु सेवा अधिकृत नेपालीले भने ।
    कार्यालयले आर्थिक बर्ष ०७३/०७४ मा गोरखा नगरपालिकाको कट्टेलडाडाँ, घुम्ती बजार (१३ किलो) र स्याउली बजार क्षेत्रमा व्यवसायिक रुपमा पालिकएका १२५ बाख्रामा र घ्याचोकको एक भेडी फार्ममा १८ वटा भेडामा कृत्रिम गर्भाधान गरेको हो । केन्द्रिय भेडा,बाख्रा प्रबद्र्वन कार्यालय र जिल्ला पशु सेवा कार्यालयका प्राविधिकहरुको सहयोगमा निशुल्क रुपमा उक्त कार्यक्रम गरिएको हो । बाख्रामा बोयर जातको सिमेन र भेडालाई अष्ट्रेलियाबाट आयात गरिएको रोमी जातको भेडाको सिमोन राजधानीमा संकलन गरी जिल्लामा ल्याइएको थियो । गाई र भैसीमा भने जिल्ला कै प्राविधिकहरुले कृत्रिम गर्भाधान सेवा सञ्चालन भईरहेको छ ।
    बाख्रामा बैशाखको पहिलो हप्ता र भेडामा असारको पहिलो हप्ता कृत्रिम गर्भाधान गराईएको हो । जिल्लामा पहिलो पटक गरीएको कृत्रिम गर्भाधानको परिणाम भने आउन बाँकी नै छ । हाल सम्म गाई गरिएको कृतिम गर्भाधानबाट ६५ देखि ७० प्रतिशत र भैसीमा ५५ दखी ६० प्रतिशत मात्र सफल भएको कार्यालयको तथ्याङ्क छ । परिक्षणमा रहेको भेडा र बाख्राको पनि ७० प्रतिशत सम्म सफलता आउने अनुमान कार्यालयले गरेको छ । बोयर जातको बाख्रा ७० देखि १०० सय केजी सम्म हुने गर्दछ । अहिले उक्त जातको बोका मुल्य १ लाख सम्म पर्ने कार्यालयको दावी छ । उक्त जातको बोका जिउँदो प्रति केजी १ हजार र बाख्रा ६०० रुपैयाँमा बिक्री हुदै आएको छ । यो जातको सामान्य पनि बाख्रा ३५ केजी सम्मका हुने पशु प्राविधिकहरु बताउँछन् ।
    बयर जात बोका र बाख्रा प्रतिदिन १ सय ९० ग्रामका दरले बृद्वि हुने र क्रस गराए पनि १ सय १० ग्राम प्रति दिन तौलमा बृद्वि हुने गरेको विज्ञहरु बताउँछन् । सामान्य पनि बोयर जातको बोका र बाख्रा १२ देखि १३ बर्ष बाच्ने गर्दछ ।
    गोरखाको उत्तरी क्षेत्रको मुख्य पेशा भेडा पालनलाई व्यवसायिक बनाउने उदेश्य नश्ल सुधार गर्न एआई कार्यक्रम गरिएको हो । पराम्परागत रुपमा पालिएको भेडालाई यस कार्यक्रम सञ्चालन गरिएको हो । ३ बर्ष देखि कार्यालयले गोरखा जिल्लाको साबिक धावा, बक्राङ र बारपाक गाउँ बिकास समितीलाई बोयर बाख्राको श्रोत केन्द्रको रुपमा बिकास गर्ने भन्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.